अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३३ | Colorodo: 15:48

नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानी गर्न ड्रोनको प्रयोग गरिने

बिआरटीनेपाल २०७४ चैत १६ गते ९:०५ मा प्रकाशित

काठमाडौँ । सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय अविस्कार केन्द्रले निर्माण गरेको मेडिकल ड्रोनले पहिलो उडान गर्ने भएको छ । नेपालका दुर्गम क्षेत्रमा नियमित औषधि ढुवानी, महामारी फैलिएको क्षेत्रबाट दिसापिसाबको नमुनालाई प्रयोगशालामा ल्याउन केन्द्रले निर्माण गरेको मानव रहित मेडिकल ड्रोनले म्याग्दीबाट उडान गर्ने भएको हो । दुई प्रकारको मेडिकल ड्रोन केन्द्रको रिर्सच ल्याबमा अन्तिम चरणमा पुगेको अध्यक्ष महावीर पुनले बताएका छन ।

अवको एक महिना भित्र परिक्षण उडान गर्ने र नियमित उडानको लागि भने केही समय लाग्ने पुनले बताए । स्वास्थ्य मन्त्रालयले आवश्यक ठाउँको पहिचान गरे पछि गृहमन्त्रालय र अन्य आवश्यक मन्त्रालय संग सहकार्य गरिने बताएका छन । ड्रोनले आवश्यक औषधि लिएर गन्तव्यमा पुगि औषधि छाडेर एयरर्पोटमा फर्कने छ पुनले भने ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू