अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४८ | Colorodo: 22:03

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन

बिआरटीनेपाल २०७४ चैत १६ गते ८:१४ मा प्रकाशित

नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री खुमबहादुर खड्काको निधन भएको छ । लामो समय देखी मृगौला रोगबाट पिडित ६८ बर्षिय नेता खड्काको उपचारका क्रममा आज साँझ ५ बजेर १५ मिनेटमा भारतको एपोलो अस्पतालमा निधन भएको हो ।

करिब ३ बर्ष पहिले एपोलो अस्पतालमा नै मृगौला प्रत्यारोपण गरिएका खड्कालाई फागुन ४ गते राति हृदयाघात भएपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि फागुन ६ गते एपोलो अस्पताल लगिएका नेता खड्काको पछिल्लो समय शरीरका धेरै अंगले काम गर्न छोडेपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो ।

नेता खड्काको निधन भएको खवर साँझ ५ बजेर ३८ मिनेटमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वट मार्फत जानकारी दिएपछि खवर बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू