अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१३ | Colorodo: 23:28

चलचित्र ‘मनाङ्गे नानी’को फस्टलुक सार्वजनिक

बिआरटीनेपाल २०७४ चैत १५ गते २३:४७ मा प्रकाशित

चलचित्र ‘मनाङ्गे नानी’ टीमले चलचित्रको फस्टलुक सार्वजनिक गरेको छ ।  बिहिबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्रका केहि पोष्टर सार्वजनिक गरेको हो जसमा नायक र नायिका देखिएका छन् ।  शुभेक्षा फिल्म प्रोडक्सन प्रालिको ब्यानर निर्माण भएको यो चलचित्र खुस बहादुर गुरुङको निर्देशन छ भने कथा,पटकथा, गीत, संगीतपनि गुरुङकै हो ।

चलचित्रमा नायक भिम गुरुङ, शान्ती गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ र खुसि गुरुङको अभिनय  छ । नायक गुरुङले यो भन्दा अघि चलचित्र ‘चिनो’ र ‘तिमि बिनाको जिबन’ मा पनि काम गरिसकेका छन् । चलचित्रको छायांकन ७० प्रतिशत भन्दा बढी मनाङका रमणिय स्थानहरुमा भएका छन् । फिल्म बर्ष ७५ को बैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको छ ।

चलचित्रमा श्रीकृष्ण फुयालको छायांकन रहेको छ भने जनक गुरुङको द्वन्द छ । गौतम गुरुङ, सोल बहादुर गुरुङ, भिम राज गुरुङ र टिकामाया फुयाल ले संयुक्त रुपमा निर्माण गरेका हुन् । सुबास गुरुङ, मनाङ गुरुङ ,ओमन गुरुङको नृत्य निर्देशन रहेको फिल्ममा प्रकाश गुरुङ, मदन गुरुङ, सुकराज गुरुङ र तिलु गुरुङ कार्यकारी निर्माताका रुपमा छन् ।

प्रतिक्रिया