अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०१ | Colorodo: 10:16

नक्कली डाक्टरबाट युवती बलात्कृत

बिआरटीनेपाल २०७४ चैत १५ गते २३:३० मा प्रकाशित

काठमाडौँ, एक युवती नक्कली डाक्टरबाट बलात्कृत भएकी छन् । उनी गङ्गालाल अस्पतालमा आमाको उपचार गर्न आएकी थिइन । अस्पतालमा आमाको उपचारका लागि आएकी युवतीलाई गङ्गालालका डाक्टरसँग आफ्नो राम्रो चिनजान छ भनेर पाल्पा तानसेन घर भई हाल काठमाडौँ–२६ बस्दै आएका २७ वर्षीय अर्जुन कोइरालाले बलात्कार गरेका हुन् ।

ती युवतीलाई कोइरालाले आफ्नो नाम सन्तोष घले बताएर आमाको उपचारमा सहयोग गर्छु भनेर झुक्काएर नयाँ बसपार्कस्थित गोरखा फुलबारी गेष्ट हाउसको दोस्रो तलामा लगेर जबर्जस्ती करणी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । 

कोइरालाले महिलालाई सामाखुशीस्थित आफ्नो सानीआमासँग भेटघाट गर्ने भनेर गेष्ट हाउस पु¥याएर बलात्कार गरेका थिए । कोइराला सेनामा जागिर खाएका र त्यहाँ पनि जबर्जस्ती करणी मुद्दामा बर्खास्तमा परेको अनुसन्धानमा खुल्न आएको छ ।

कोइरालालाई बिहीबार जिल्ला अदालतबाट पाँच दिनको म्याद थप भई अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू