अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 08:42

धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जुट्ने घोषणा गरे

बिआरटीनेपाल २०७४ चैत १५ गते ११:३२ मा प्रकाशित

 

चारओटा नमुना बस्ती निर्माण गरी समुदायलाई हस्तान्तरणसमेत गरिसकेको धुर्मुस-सुन्तली फाउण्डेसनले अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन सघाउनेभएको छ। नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको मान्यता पाएपनि उनीहरुले अभ्यास गर्ने र अन्तर्राष्ट्रिय खेल खेलाउने क्रिकेट रंगशाला नहुँदा रंगशाला बनाउन जनस्तरबाट पनि माग भइरहेको थियो । बिहीबार आफ्नो फेसबुकमा एक स्टाटस लेख्दै धुर्मुसले अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनले संयोजन गर्ने घोषणा गरेका हुन् । 

यसका लागि चाँडै रंगशाला निर्माण समिति बन्ने र त्यही समितिको रोहबरमा रंगाशाला बनाइने उनले उल्लेख गरेका छन् । ‘यो अभियान धुर्मुस–सुन्तली फाउन्डेसनकोमात्रै नभइ राष्ट्रकै अभियान हो’– उनले फेसबुक स्टाटसमा लेखेका छन् । यो परियोजना सरकारलाई सघाउन भएको भन्दै उनले यसमा नेपाल सरकारले गम्भीरतापूर्वक साथ, सहयोग र समन्वय गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू