अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५३ | Colorodo: 04:08

पुलिसलाई पराजित गर्दै मनाङ अन्तिम चारमा

बिआरटीनेपाल २०७४ चैत १५ गते ११:२४ मा प्रकाशित

 

बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–१ ले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो ।

खेलमा मनाङलाई जिताउनेक्रममा अन्जन विष्टले दुई गोल गरे भने पराजित पुलिसका तर्फबाट तेज तामाङले एक गोल फर्काए ।

खेलको ‘म्यान अफ दी म्याच’ पनि अन्जन विष्ट नै घोषित भए ।

योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । यसअघिका खेलमा विजयी हुँदै आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी काठमाडौं, रुपन्देहीको सुनौलो संगम क्लब र थ्रीस्टार क्लबले सेमिफाइनलको यात्रा तय गरिसकेका छन् ।

प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा शुक्रबार मदन भण्डारी एकेडेमी र थ्रीस्टारबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू