अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२४ | Colorodo: 05:39

शुक्रबारदेखि ललितपुरको पाटन दरबार स्क्वायर संग्रहालयमा अर्गानिक कृषि मेला

बिआरटीनेपाल २०७४ चैत १५ गते ११:०१ मा प्रकाशित

 

शुक्रबारदेखि ललितपुरको पाटन दरबार स्क्वायर संग्रहालयमा अर्गानिक कृषि मेला आयोजना हुने भएको छ।

‘लेट्स गो अर्गानिक’ भन्ने नाराका साथ सरकारी तथा तथा गैरसरकारी संस्थाहरुको सहयोगमा कञ्चनजंगा टि स्टेट एण्ड सेन्टरले मेला आयोजना गर्न लागेको जानकारी दिएको छ।

चैत १९ गतेसम्म सञ्चालन हुने मेलामा ५० भन्दा बढी अर्गानिक कृषि उत्पादनका स्टलहरु रहने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

गत वर्ष ४० हजारभन्दा बढीले अवलोकन गरेको मेला संयोजक शान्ता वास्कोटा कोइरालाले बताइन् । उपभोक्तालाई विषादीरहित अर्गानिक उत्पादनको सहज पहँुच पुरयाउने र आम जनसमुदायमा जैविक प्राङगारिक उत्पादन उपभोग गर्न जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको कन्चनजंगा टि स्टेट एण्ड रिसर्च सेन्टरका अध्यक्ष दीपक प्रकाश वास्कोटाले बताए ।

विगत ३० वर्षदेखि आर्गनिक चियाखेती सुरु गरेको उक्त सेन्टरले अर्गानिक चियाको प्याकेजिङ र बजारीकरणका लागि संग्रिला एग्रो वल्र्ड प्रालि, वास्कोटा ग्रुप अफ कम्पनी र पाँचथर जुस उद्योगसँग सहकार्य गर्दै आएको छ ।

मेला मार्फत अर्गानिक कृषि उपजको बजार प्रवद्र्धन हुुनुका साथै विषादीरहित खेती प्रणाली विस्तारमा सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू