अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२१ | Colorodo: 05:36

दोहोरो अंकले बढ्यो शेयर बजार

बिआरटीनेपाल २०७४ चैत १५ गते १०:२३ मा प्रकाशित

काठमाडौँ, निरन्तर ओरालो लाग्दै आएको शेयर बजार बिहीबार भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार नेप्से परिसूचक १५.४८ बिन्दुले उकालो लागेर एक हजार २२० बिन्दुमा पुगेको हो ।

स्कटका अनुसार बिहीबार  १६४ कम्पनीको १४ लाख २७ हजार ९८१ कित्ता शेयर रु ३८ करोड ७१ लाख ७८ हजार ४०१ मा खरिद बिक्री भएको छ । यस्तै क वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ३.४ बिन्दुले उकालो लागेर २६०.८८ बिन्दुमा पुगेको छ । 

बिहीबार व्यापार र अन्य उपसमूहबाहेक अरू सबै उपसमूहका शेयर उकालो लागेका छन् । व्यापार ३.०४ र अन्य समूहको ०.०३ बिन्दुले ओरालो लाग्दा बैङ्किङ १५.७२, होटेल ८.०६, विकास बैङ्क २०.४५, जलविद्युत् ४१.६, वित्त ५.६७, बिमा ६६.३५, उत्पादन १०.२३ र माइक्रोफाइनान्स समूह १९.९९ बिन्दुले उकालो लागेका छन् ।

प्रतिक्रिया