अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१० | Colorodo: 13:25

मेरो धरहरा मै बनाउँछु भन्ने अभियानलाई सफल पारौँ

बिआरटीनेपाल २०७४ चैत १५ गते ९:३८ मा प्रकाशित

काठमाडौँ,हाम्रो राष्ट्रिय सम्पदा जोगाउँ, धरहरा बनाउँ’ संघर्ष समितिले ‘मेरो धरहरा मै बनाउँछु अभियानलाई सफल पारौँ’ भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।

संघर्ष समितिले दशौँ हजारको हस्ताक्षरसहित आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वकीय उपसचिव युवराज दाहाललाई सो ज्ञापनपत्र बुझाएका हुन् ।

राष्ट्रिय सम्पदा धरहरा वरीपरी कुनै पनि व्यापारीक भवन निर्णण गर्न नहुने र उक्त स्थललाई पर्यटकीयस्थल बनाउन मागसमेत संघर्ष समितिले गरेको छ । समितिका संयोजक वेदप्रकाश गौतमले धरहरा निर्माणमा आफूहरुले आवश्यक जनश्रमदान गर्न पनि तयार रहेको जानकारी दिनुभयो । 

ज्ञापनपत्र बुझ्दै उपसचिव दाहालले ऐतिहासिक धरोहर धरहरा बनाउने स्थानीयको सकारात्मक कार्यलाई आफूले आजै प्रधानमन्त्रीसमक्ष पु¥याएर सम्बन्धित निकायमा धरहरा निर्माणको कार्य अगाडि बढाउने विषयमा पहल अगाडि बढाउने बताउनुभयो ।

धरहरा तत्काल बन्नुपर्ने माग गर्दै समितिले चैत ३ देखि चैत ९ गतेसम्म बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म लिखित हस्ताक्षर संकलन गरेको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू