अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१५ | Colorodo: 12:30

‘शत्रु गते’को ६ दिनको हिसाव सार्वजनिक

बिआरटीनेपाल २०७४ चैत १५ गते ९:४८ मा प्रकाशित

गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ’शत्रु गते’ ले ६ दिनको हिसाव सार्वजनिक गरेको छ । राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै राजधानीको लागि वितरक बिके फिल्म्सको तर्फबाट गोपाल काजी कायस्थ र मोफसलको लागि वितरक एफडी कम्पनिका बिक्रम पराजुली्ले संयुक्त रुपमा हिसाब सार्वजनिक गरेका हुन् ।

शुक्रबार देखि बुधबार सम्मको कलेक्सन अनुसार राजधानीमा ३ करोड २५ लाख ग्रस र मोफसलमा २ करोड ३७ लाख ग्रस गरेको छ । फिल्मले प्रदर्शनको छैठौ दिनसम्म ५ करोड ६२ लाखको कारोबार गरेको वितरकले जानकारी दिएका छन् ।

कलेक्सन सार्वजनिक गरिने क्रममा फिल्मका निर्माता तथा कलाकार हरिवंश आचार्य , किरण केसी , आँचल शर्मा र निर्देशक प्रदीप भट्टराई उपस्थित थिए । फिल्मलाई ‘जात्रा’ निर्देशक प्रदीपको यो दोस्रो फिल्म हो । फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन् । फिल्ममा हरिवंश आचार्यको कथा रहेको छ ।

पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन् । यसमा छायाँकन दिर्घ गुरुङको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका हुन् । यसमा दीपकराज गिरी , दीपाश्री निरौला , नरेन्द्र कंसाकार , शिवहरी पौडेल , यसोधा श्रेष्ठ र रमिला आचार्य निर्माता रहेका छन् ।

हरिवंश आचार्य – फिल्मलाई पहिलो सातामा दिनु भएको माया प्रति निकै आभारी छौ । आजको यो खुसि हाम्रो त हो नै साथमा वितरकहरुले जसरि खुसियाली साट्ने अवसर जुटाउनु भयो यसको लागि धन्यवाद । फिल्म प्रदर्शन भइरहेको हलमा गएर म साथै हाम्रो टीमले प्रतिक्रिया लिएका छौ , अधिकांस दर्शकले फिल्मलाई रुचाउनु भएको छ । हामीले सामाजिक सञ्जाल लगायतका मध्यम मार्फत पाएको प्रतिक्रियाले हामीलाई उत्साहित बनाएको छ । फिल्मले देशसँगै विदेशमा समेत राम्रो प्रतिक्रिया पाइरहेको छ ।

गोपाल काजी कायस्थ – फिल्मले राजधानीका हलमा निकै राम्रो ब्यापार गरेको छ । फिल्मले सुरुवाती व्यापार केहि सुस्त गरेता पनि त्यसपछिका दिनमा माउथ पब्लिसिटीको कारण दर्सक बढ्दो छ । बिदा बाहेकका दिनमा पनि दर्शकको चाप राम्रै छ । मल्टिप्लेक्समा दिवा सो पछीका सम्पूर्ण शो लगभग हाउसफुल झैँ छन् । फिल्मले बुधबार सम्म ३ करोड २५ लाखको ग्रस कलेक्सन गर्न सफल भएको छ । दर्शकले दोस्रो सातामा पनि उत्तिकै माया पाउनु हुन्छ भन्नेमा हामी विश्वस्त छौ । राजधानीमा फिल्मको हल घटेको छैन , शो मात्र कम भएको छ ।

फिल्मले क्युएफएक्स अन्तर्गत सिभिल मलमा ६ शो , कुमारीमा ४ शो , छाँया सेन्टरमा ४ शो , लबीम मलमा ४ शो र जय नेपालमा १ शो सहित कुल १९ शो पाएको छ । यसैगरि सिटी सेन्टरमा रहेको बिग मुभिजमा ६ शो , राइजिङ मलमा रहेको क्युज सिनेमामा ३ शो , केएल टावरमा रहेको एफक्युबमा ५ शो , बिजीमलमा रहेको बिएसआर मुभिजमा ४ शो र सुन्धारा स्थित सिने डी सेफमा २ शो पाएको छ ।

बिक्रम पराजुली –फिल्मले मोफसलमा राम्रो कलेक्सन गरेको छ । फिल्मको कलेक्सन र अडियन्स प्रतिक्रया बुझ्दा यसले आउदा दिनमा अझै राम्रो व्यापार गर्ने संकेत देखाएको छ । गत शुक्रबारदेखि बुधबारसम्ममा यसको कलेक्सन २ करोड ३७ लाख पुगेको छ । फिल्म दोस्रो सातामा पनि ५० बढी हलमा प्रदर्शन हुदैछ ।

तस्वीर: आर्यन बिमली

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू