अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३५ | Colorodo: 14:50

पुँजीको सृजनाबाट नै समाजवाद- उपराष्ट्रपति पुन

बिआरटीनेपाल २०७४ चैत १५ गते ८:५१ मा प्रकाशित

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा स्थायीत्व सँगै स्थायी सरकारको निर्माण भएकोले कानुन र प्रशासनमा समसामयिक सुधार सहित आर्थिक र लगानी मैत्री वातावरण सरकारले यथासक्य छिटो तयार गर्ने विचार व्यक्त गर्नुभएको छ । 

उक्त कुरा उपराष्ट्रपति पुनले नेपाल उद्योग परिसंघका पदाधिकारी एवं कार्यसमितिका सदस्यहरूसँगको चैत्र १५ गते भएको भेटवार्ताको अवसरमा व्यक्त गर्नु भएको हो ।

विकास किन भएन यसको दोष र जिम्मा कसैले लिने वा दिने भन्दा पनि यसमा आजसम्म देखिएको कमी कमजोरी हटाई सरकार र निजी क्षेत्र एक अर्कोलाई विश्वासमा लिएर साझेदारीको धारणाले काम गर्न पर्ने धारणा व्यक्त गर्दै उपराष्ट्रपति पुनले पुँजीको सृजना र उद्योग व्यवसायको विकासबाट नै समाजवादको विकास हुने भएकोले यसमा सरकारले विशेष ध्यान दिने छ भन्नुभयो ।

उक्त अवसरमा उपराष्ट्रपतिमा पुनः निर्वाचित हुनुभएकोमा उहाँलाई बधाई र शुभकामना व्यक्त गर्नु हुँदै परिसंघका अध्यक्ष हरि भक्त शर्माले परिसंघले सधैँ मुलुकको आर्थिक विकास र लगानी प्रवर्द्धनलाई केन्द्रमा राखी आफ्ना धारणाहरू व्यक्त गर्दै आएको र सरकारसँग सहकार्य समेत गरेको धारणा व्यक्त गर्नुहुँदै अब सबै क्षेत्रको लक्ष्य मुलुकको समृद्धि नै भएकोले यो लक्ष्यमा कसरी पुग्न सकिन्छ भन्ने विषयमा परिसंघले परिसंघ–प्रवुद्ध परिषद् समेतको सहकार्यमा तयार गरिएको समृद्धिको मार्ग चित्र बारे उपराष्ट्रपतिलाई विस्तृत जानकारी गराउनु भयो । 

अध्यक्ष शर्माले उक्त अवसरमा परिसंले तयार पारेको समृद्धिको मार्गचित्र उपराष्ट्रपतिलाई हस्तान्तरण गर्नु हुँदै असल दृष्टिकोण र मुलुकलाई केन्द्रबिन्दुमा राखी परिसंघले तयार गरेको विकासको खाका सरकारलाई आफ्नो नीति निर्माणमा सहयोग पुग्ने धारणा समेत व्यक्त गर्नभयो ।

उक्त भेटवार्ताको अवसरमा उपराष्ट्रपति कार्यालयका सचिव लालशंकर घिमिरे लगायत परिसंघका पदाधिकारीहरू, गभर्निङ्ग काउन्सिलका सदस्यहरू तथा राष्ट्रिय परिषद्का सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू