अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०८ | Colorodo: 01:23

युगेश लिम्बुको ‘गुनगुनाउँदै छु’ गीत सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ चैत १५ गते १:२६ मा प्रकाशित

रक पप गायकका रुपमा परिचित गायक युगेश लिम्बुको नयाँ गीत सार्वजनिक भएको छ । बुधबार गायक युगेशको आफ्नै युट्युब च्यानलबाट ‘गुनगुनाउँदै छु’ बोलको गीतको अफिसियल भिडियो सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा युगेशकै शब्द संगीत रहेको छ। शान थापाको निर्देशनमा तयार भएको भिडियोमा गायक लिम्बु र भावना थापा फिचरिङ छन्। राजिप समरको करियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन्।

अमेरिकामा बस्दै आएका युगेश विगत लामो समयदेखि संगीत क्षेत्रमा आब्बध छन्। त्यहाँ उनको आफ्नै संगीतिक टिम (ब्याड) छ। उनले केही अग्रेजी गीत समेत गाएका छन् । तर पनि नेपाली संगीत प्रति माया भएकाले नेपाली गीतमा काम गरिरहेको उनी बताउँछन्। ‘नेपाली संगीतप्रति मोह भएकाले पनि नेपाली संगीतमा नै केही गर्ने सोच बनाएको छु’, उनले भने ।

प्रतिक्रिया