अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३७ | Colorodo: 03:52

‘ड्रिम गर्ल’ असार २९ गतेदेखि देशब्यापी प्रदर्शनमा

बिआरटीनेपाल २०७४ चैत १५ गते ०:३७ मा प्रकाशित

निर्देशक ऋषिराज आचार्यको नयाँ चलचित्र ‘ड्रिम गर्ल’ आउँदो असार २९ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने भएको छ । ऋषिराजले ‘ड्रिम गर्ल’ डिसिएनले बितरण गर्ने सम्झौता भएको बताउदै प्रदर्शन मिति सार्वजनीक गरेका हुन् ।

आकाश श्रेष्ठ, आश्मा गिरी, बिल्सन बिक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, सुरवीर पण्डित लगायतका कलाकारले अभिनय गरेको फिल्ममा झण्डै दुई करोड बढी लगानी लागेको बताइन्छ ।

काठमाडौ, मुस्ताङ, राराताल तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचीएको फिल्मको मुख्य निर्माता पनि निर्देशक ऋषिराज आफै हुन । सहनिर्मातामा अर्जुन शर्मा,दक्षिण भारतको रिल एण्ड रियल सिनेमाका अन्टा रोचा रोवन र रामेश्वर घिताल छन् ।  आरबि मुभीजको ब्यानरमा बनेको प्रेमकथानक फिल्ममा अर्जुन पोखरेलले संगीत छ ।

राहुल राईले खिचेको फिल्मको सम्पादन नवीन निरौलाले गरेका हुन् । केही दिनपछि फिल्मको एउटा गीत सार्वजनीक गरिने निर्देशक ऋषिराजले जानकारी दिएका छन् ।

प्रतिक्रिया