अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१३ | Colorodo: 13:28

नायिका केकी अधिकारी निर्मित ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर सार्वजनिक

बिआरटीनेपाल २०७४ चैत १४ गते १२:३४ मा प्रकाशित

अभिनेत्री केकी अधिकारी निर्माया र अभिनय रहेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर सार्वजनिक भएको छ । केकीको ब्यानर ‘जुनकिरी आर्टस्’ बाट निर्माण भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को ट्रेलर हाईलाईट्स् म्युजिकको युटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

केकीको ब्यानर ‘जुनकिरी आर्टस्’ बाट निर्माण भएको चलचित्रमा ऋचा शर्माले मोडल तिर्सना बुढाथोकीको हाउभाउ उतार्न खोजेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ चलचित्रको ट्रेलरमा कमेडी संवादलाई प्राथमिकता दिइएको छ ।

विशाल भण्डारी निर्देशित डेब्यू चलचित्रको ट्रेलरमा पैसाका लागि पात्रबीचको तनाब देखाइएको छ ।अर्जुन तिवारीको छायांकन रहेको चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, केकी अधिकारी, विनोद न्यौपाने, बुद्दी तामाङ, रविन्द्र झा, कुशाग्र भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया