अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२३ | Colorodo: 00:38

डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार जोशीलाई

बिआरटीनेपाल २०७४ चैत १४ गते १०:३९ मा प्रकाशित

 

काठमाडौँ,

डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार हरिराम जोशीलाई प्रदान गरिने भएको छ ।

डा डिल्लीरमण रेग्मी प्रतिष्ठानको आज बसेको बैठकले इतिहास, संस्कृति तथा पुरातत्व लेखन, अध्ययन र अनुसन्धानमा लाग्नुभएका जोशीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि रु एक लाख र सम्मान पत्र रहेको छ ।

यसैगरी डा डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार युनेस्कोलाई प्रदान गरिने भएको छ । नेपाल तथा विश्वमा शान्ति, शिक्षा, संस्कृति, विज्ञान, आम–सञ्चार, सामाजिक क्षेत्र तथा पुरातात्विक सम्पदाको संरक्षणमा योगदान पु¥याएवापत सम्मान गर्न लागिएको हो । युनेस्कोलाई भने सम्मान पत्र प्रदान गरिनेछ ।

दुवै पुरस्कार तथा सम्मान आगामी वैशाख १७ गते बुद्धजयन्तीका अवसरमा प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष डा तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू