अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:५९ | Colorodo: 08:14

राष्ट्रपति भण्डारीलाई पुनः शपथ गराउनु पर्ने सम्बन्धी रिट दर्ता

बिआरटीनेपाल २०७४ चैत १४ गते ९:१४ मा प्रकाशित

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीलाई सर्वोच्च अदालतमा पुनः शपथ गराउनुपर्ने माग राखी दायर गरिएको रिट निवदन आज दर्ता गरिएको छ ।

अधिवक्ता नारायण खरेलले उमेर हद सकिएका तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीबाट शपथ लिएको हुँदा पुनः शपथ गराउनुपर्ने मागसहितको रिट निवेदनमाथि न्यायाधीश इश्वरप्रसाद खतिवडाको एकल इजलासमा मंगलबार सुनुवाइपछि दर्ता गर्न आदेश भएको थियो ।

तत्कालीन प्रधानन्यायाधीश पराजुलीको उमेरहद २०७४ साउन २१ गते ६५ वर्ष उमेर पुगेका व्यक्तिबाट राष्ट्रपतिले शपथ लिएको हुँदा पुनः शपथ हुनुपर्ने माग रिट निवेदनमा गरिएको छ ।

न्यायाधीश खतिवडाले इजलासले जारी गरेको आदेशमा भनिएको थियो, “संवैधानिक एवं कानूनी प्रावधानको प्रयोग र व्याख्याको दृष्टिले निवेदकले महत्वपूर्ण र गम्भीर विषय उठान गरेको देखिन्छ, यस विषयलाई न्यायिक सुनुवाइको प्रक्रियामा प्रवेश गर्न नदिनु उचित हुँदैन ।”

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू