अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१० | Colorodo: 03:25

सीमा व्यापार र सुरक्षाका चुनौतीलाई निराकरण गर्न अमेरिका र मेक्सिकोबीच सम्झौता तयारी

बिआरटीनेपाल २०७४ चैत १४ गते ७:३३ मा प्रकाशित

अमेरिका र मेक्सिकोबीच सीमा व्यापार र सुरक्षामा आइपर्ने चुनौतीहरुलाई समन्वय गरेर निराकरण गर्न सम्झौता हुने भएको छ । हालै सम्पन्न मेक्सिकोको भ्रमणपछि संयुक्त राज्य अमेरिकाको आन्तरिक सुरक्षासम्बन्धी मन्त्री क्रिस्तेज नेल्सनले मेक्सिकोसँग आन्तरिक सुरक्षा र सीमा व्यापारका विषयमा आपसी सम्झौता हुने बताउनु भएको हो ।

मन्त्री नेल्सनले सोमबार र मंगलबार मेक्सिकोको भ्रमण गर्नुभएको थियो । सो भ्रमणका क्रममा मेक्सिकोका राष्ट्रपति एन्रिक पेना नियटो पनि दुवै देशले समन्वयतात्मक रुपमा सीमा व्यवस्थापन र सुरक्षाका विषयमा मिलेर काम गर्न सकिने बताउनुभएको थियो ।

सीमा व्यापार र सुरक्षाका विषयमा दुवै देशतर्फ विभिन्न चुनौतीहरु रहेकोले तिनको व्यवस्थापनका लागि नयाँ सम्झौतामार्फत मिलेर जान सकिने विषयमा उहाँको सो भ्रमणका बारेमा कुराकानी भएको थियो ।

त्यस भ्रमणका समयमा भएको वार्ताकाक्रममा मेक्सिकोका राष्ट्रपति नियटोले अमेरिकामा आफ्ना नागरिकको सुरक्षाका विषयमा चासो राख्नुभएको थियो ।

त्यस अवसरमा उहाँहरुबीच सीमाको व्यवस्थापनका लागि मिलेर काम गरिने र सीमा व्यापार र सीमा सुरक्षामा आइपर्ने चुनौतीहरुलाई पनि के कसरी समन्वय गरेर निराकरण गर्न सकिन्छ भनेर सोच्न सकिने बारे छलफल भएको समाचारमा जनाइएको छ ।

यी दुई देशबीच सीमाको विषयलाई लिएर धेरै समस्या हुने गरेको छ । अमेरिकाले त्यहाँ हुने आतंकवादी क्रियाकलापका लागि मेक्सिकोको सीमा क्षेत्रबाट घुसपैठ हुने गरेको आरोप लगाउने गरेको छ ।

तर मेक्सिकोले भने त्यसको विरोध गर्ने गरेको छ । सोही कारण पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्वाचनको अभियानमा उहाँले मेक्सिकोतर्फ पर्खाल लगाउने बताउनुभएको थियो ।

तर निर्वाचन जितेपछि भने उहाँले यस विषयमा खासै नयाँ कुनै कार्यक्रम ल्याउन सक्नुभएको छैन ।
–––

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू