अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२४ | Colorodo: 03:39

प्रधान मन्त्री ओली र प्रचण्डलाई विप्लवको १५ दिने ‘वारेन्ट’

बिआरटीनेपाल २०७४ चैत १४ गते ५:०२ मा प्रकाशित

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध ‘वारेन्ट’ जारी गरेको छ । ओली र प्रचण्डका नाममा जनअदालतमा मुद्दा परेको बताउँदै नेकपाले ओली र प्रचण्डलाई केन्द्रीय जनअदालतमा उपस्थित हुन १५ दिने ‘वारेन्ट’ जारी गरेको हो ।

केन्द्रीय जनआदलतका प्रमुख प्रकाशको नामबाट मंगलबार जारी भएको वारेन्ट पत्रमा तोकिएको समयमा उपस्थित नभएमा केन्द्रीय जनपरिषद नेपालको नीति नियम अनुसार कारबाही हुने चेतवानी नेकपाले दिएको छ ।

दुबै नेताविरुद्ध फरक–फरक मुद्दा परेको जनअदालतले जनाएको छ । जसमा प्रधानमन्त्री ओलीले २०७४ फागुन ६ गते विराटनगरमा भएको राष्ट्रिय युवा जनस्वयमंसेवकको सार्वजनिक कार्यक्रममा विराटनगरतर्फ जाँदै गर्दा नेकपाका नेताहरू हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पदम राई र पार्टी सम्बद्ध थुप्रै युवालाई गिरफ्तार गरी, झुट्ठा मुद्दा लगाएको र २०७४ चैत ५ गते नेकपाका कोशी ब्युरोका इन्चार्ज किरण राईलगायतका नेतालाई गिरफ्तार गरी धनकुटामा थुनामा राखेको मुद्दा परेको वारेन्ट पत्रमा उल्लेख छ ।

प्रचण्डविरुद्ध जारी गरिएको वारेन्ट पत्रमा महान जनयुद्धको शान्ति प्रक्रियामा आएपछि क्रान्तिप्रति विश्वासघात गरेको, हतियार दुस्मनलाई बुझाएको र जनमुक्ति सेनालाई विगठन गरेको उल्लेख छ ।

माथिल्लो कर्णाली विद्युत आयोजना, अरुण तेस्रोलगायत विभिन्न सम्झौता भारतीय कम्पनीसँग गर्ने गराउने कार्यमा संलग्न रही र राष्ट्रहितविरुद्ध कार्य गरेको, कथित स्थानीय निकायको चुनावमा कालिकोट जिल्लाको माल्कोटमा स्थानीय धनरुप बटाला र कैलालीका चन्द्रबहादुर सिंह समेतको हत्यामा गोली चलाउन आदेश दिनु भन्ने निर्देशन गरेको आरोप लगाइएको छ ।

२०७४ चैत ५ गते नेकपाका कोशी ब्युरोका इन्चार्ज किरण राईलगायत थुप्रै नेतालाई बिनाकारण गिरफ्तार गरी थुनामा राखेको भन्दै त्यसका विरुद्ध मुद्दा परेको नेकपाको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू