अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१९ | Colorodo: 20:34

‘तेस्रो अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन’ सिक्कीममा सम्पन्न

बिआरटीनेपाल २०७४ चैत १३ गते २३:३९ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको ‘तेस्रो अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलन सम्पन्न भएको छ । नेपाल र र प्रवासी साहित्यको  सेतुका रुपमा हेरिएको यो सम्मेलन आईतबार भारतको सिक्कीममा सम्पन्न भएको हो ।

साहित्यका बिबिध पक्षहरुलाई समेटिएको ३ दिने सम्मेलनमा अनेसासको कार्यपत्र प्रस्तुत, नेपाली महिला लेखकको अवस्था, कार्यक्रमको उद्येश्य, बिभिन्न बिधामा स्रष्टा सम्मान तथा अभिनन्दन, कृति बिमोचन, साहित्यिक सांस्कृतीक प्रस्तुती लगायतलाई समेटिएको थियो ।

सभामुख कलावती राईको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको सम्मेलनको पहिलो दिन शुभकामना सन्देस, कार्यक्रमको उद्येश्य र महत्वमाथी प्रकास पारिनुका साथै सिक्कीका स्थिानीय कलाकारद्वारा सांस्कृती कार्यक्रम प्रस्तुती गरिएको थियो ।

मन्त्री तुलसा राईको संयोजकत्वमा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथीका रुपमा बरिष्ठ समालोचक प्रा. डा. खगेन्द्र लुईंटेल, साहित्यकार बिन्ध्या सुब्बा, अनेसास केन्द्रिय उपाध्यक्ष राधेश्याम लेकाली लगायको उपस्थिती रहेको थियो ।

सिक्कीमका मुख्य मन्त्री तथा साहित्यकार पवन चामलिङ, अनेसास केन्द्रिय अध्यक्ष पदम विश्वकर्मा, मन्त्री कलावती राई, कार्यक्रम संयोजक तुलसा राई, डा. खगेन्द्र लुईटेल, अनेसास केन्द्रिय कोषाधक्ष्य शान्तिराम ढकालले शुभकामना ब्यक्त गरेको उक्त सम्मेलनमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपती गंगा प्रसाद उप्रेतीले सम्मेलनको प्रशंसा गर्दै ब्यक्त गरेको शुभकामना अनेसास केन्द्रिय सदस्य तथा साहित्यकार सन्ध्या पहाडीले बाचन गरेर सुनाउनु भएको थियो ।

अनेसास सिक्कीम च्याप्टर अध्यक्ष डा. पुष्पा शर्माले स्वागत मन्तब्य ब्यक्त गरेको उक्त सम्मेलनको पहिलो दिन साहित्यकार राधेश्याम लेकालीले कार्यक्रमको उद्येश्य र महत्वमाथी प्रकास पार्नुभएको थियो भने अन्य बिशिष्ट ब्यक्तीहरुले पनि सम्मेलनबारे आफ्ना धारणा राख्नु भएको थियो । 

सम्मेलनको दोस्रो दिन कार्यपत्र प्रस्तुत ब्यानर डिस्कसन, कवि गोष्ठी लगायतको कार्यक्रम राखिएको थियो । जसमा नेपाली साहित्यमा महिला लेखकको अवस्थाको बारेमा बरिष्ठ समालोचक लिला लुईटेल र भारितीय नेपाली साहित्यमा नारीवाद शिर्षकका बरिष्ठ साहित्यकार सविता तामाङले प्रकाश पार्नु भएको थियो ।

समालोचक डा. सावित्री कक्षपती र ज्ञानु अधिकारीले प्रस्तुत कार्यपत्रमाथी टिप्पणी गर्नु भएको थियो ।

नेपाली साहित्यको विश्वव्यापीकरणमा महिलाहरूको भूमिका माथि प्यनल डिस्कसन पनि भएको थियो । जसमा डा. कविता लामाले मध्यस्तता गर्नु भएको थियो ।  अष्ट्रेलियाबाट सानु घिमीरे, लतिका जोसी  ,नेपालबाट तथा अमेरीकी स्रष्टाहरूले भाग लिएका थिए । विभिन्न कार्यक्रममा सञ्चालनको अभिभारा डा. कविता लामा, उषा शर्मा, पारसजी आदिले गर्नु भएको थियो । जसको संयोजक साहित्यकार उमा सुवेदीले गर्नु भएको थियो ।

त्यस्तै साहित्यकार प्रकाश चन्द्र प्रधानको प्रमुख आतिथ्यमा भएको कवि गोष्ठीमा बिभिन्न देशका ८० जना भन्दा बढि साहित्यकारहरुले कविता बाचन गर्नु भएको थियो । भने १ हजार अमेरिकी डलर राशीको ‘अनेसास भवन भट्ट बिशिष्ट महिला साहित्य पुरस्कार’बाट साहित्यकार गीता खत्रीलाई सम्मान गरिएको थियो ।

साहित्यकारहरु डा. पदम विश्वकर्मा, राधेश्याम लेकाली, शान्तिराम ढकालबाट सिक्कीमका मुख्य मन्त्री पवन चामलिङलाई अभिनन्दन गरिएको समारोहमा ‘अनेसास डायस्पोरा सम्मान’बाट साहित्यकारद्वय सकुन ज्ञवालीलाई सम्मान गरिएको थियो ।

त्यस्तै २०० डलर राशिको ‘अनेसास नवरत्न पुरस्कार’बाट अनेसास सल्लाहकार बिन्ध्या सुब्बा सम्मानित हुनुभएको थियो भने अनेसास बिशिष्ट सम्मानबाट बरिष्ठ स्रस्टा कविता पौडेल र भारितीय साहित्यकार शान्ति क्षेत्री प्रधानलाई सम्मानित गरिएको थियो ।

सिक्कीम मुख्य मन्त्री पवन चामलिङबाट अनेसासद्वारा प्रकाशित कृती सृजनामा नारीको लोकापर्ण गरिएको सम्मेलनमा डा. कृष्णजंग राणा, गार्गी शर्मा लगायतका साहित्यकारहरुका कृती पनि बिमोचन गरिएको थियो ।

सम्मेलनमा अनेसासका प्रकाशित कृतीहरु र सिक्कीमको निर्माण प्रकाशका सयौं पुस्तकहरु प्रदर्शनीमा राखिएको थियो ।

सम्मेलनको अन्तिम दिन कवि गोष्टीका साथै नेपालका तर्फबाट साहित्यकारहरु कमला रिसाल, शान्ति बस्याल बुढाथोकी र मेनुका लामाको बिषेस साँस्कृतिक प्रस्तुती रहेको थियो ।
नेपाल, भारत, अमेरिका, जापान लगायतका देशहरुमा रहेका साहित्यकारहरुको बाक्लो उपस्थिती रहेको अनेसास तेस्रो अन्तर्रराष्ट्रिय महिला सिक्कीम सम्मेलन ५ बुँदे सिक्कीम घोषणा पत्र सहित भब्यताका साथ सम्मपन भएको थियो ।

सम्पन्न सम्मेलनले चौंथो अन्तर्रराष्ट्रिय महिला सम्मेलन अमेरिकाको क्यालिफोर्नियामा हुने घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू