अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५५ | Colorodo: 01:10

गीत चोरीको आरोपमा चलचित्र ‘कृ’ का निर्माता प्रहरी हिरासतमा

बिआरटीनेपाल २०७४ चैत १३ गते १०:५८ मा प्रकाशित

गीत चोरीको आरोपमा चलचित्र कृ का निर्माता सुवास गिरीलाई प्रहरीले पक्राउ गरि हिरासतमा राखेको छ । पुरानो चलचित्र सम्झनाको गीत उकालीमा अघि अघि लाई चलचित्र कृ मा समावेश गरिएकोमा कारवाहीको लागि माग गर्दै परेको उजुरीका आधारमा निर्माता गीरीलाई प्रहरीले हिरासतमा लिएको हो ।

निर्देशक शम्भु प्रधानले ‘कृ’ ले बिना अनुमती आफ्नो चलचित्र सम्झनाको गीत चोरेकोमा गुनासो गर्दै आएका थिए । केहिसाता अघि काठमाडौं प्रहरी परिसर, टेकुमा उजुरी परेपछि आझ साँझ प्रहरीले निर्माता गिरीलाई अनुसन्धानका लागि हिरासतमा नै लिएको हो ।

टेकुका प्रहरी नायब उपरीक्षक मोहन कुमार थापाका अनुसार निर्माता गिरीलाई अनुसन्धान पूरा नहुन्जेल थुनामा राखिनेछ । गिरीलाई भोली उहाँलाई म्याद थपका लागी जिल्ला अदालत लगिदैं छ । अदालतको आदेश अनुसार उनले सजाय भोग्नु पर्नेछ ।

प्रतिक्रिया