अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१३ | Colorodo: 14:28

‘भैरे’को दोस्रो गीत सार्वजनिक: दयाहाङ राईको आकर्षक नृत्य

बिआरटीनेपाल २०७४ चैत १३ गते ६:३४ मा प्रकाशित

आउँदो जेठ १८ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘भैरे’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘सनम माया लाको’ बोलको गीतमा चलचित्रका मूख्य कलाकार दयाहाङ राई र सुरक्षा पन्तको गज्जबको नृत्य देखिन्छ । सार्वजनिक गीतमा यम बराल र अन्जु पन्तको स्वर छ ।

गीत सार्वजनिक कार्यक्रममा चलचित्रका नायक दयाहाङ राई र नायिका सुरक्षा पन्तले गीतको छायांकनको बेलामा भोगेका तितामिठा पलहरु सम्झिए । साथै अपर मुस्ताङमा लेक लाग्दाको पिडालाई दयाले मज्जैले सुनाए । ‘त्यो समय मैले कहिल्यै भुल्न सक्दिन । अपर मुस्ताङमा बाट सुसाङ भन्ने ठाउँसम्म झर्नका लागी निकै गाह्रो भयो । आठ घण्टाको बाटो गाडीमा आउनुपथ्र्यो निकै मुस्किल भयो ।’, दयाले भने ।

यस्तै नायिका सुरक्षाले पनि दयाहाङसँग नृत्य गर्ने चाहाना पुरा भएको बताइन् । साथै उनले आफ्नो चलचित्र भित्रको पहिलो नृत्य भएकोले पनि निकै खुसी लागेको बताइन् ।

चलचित्रमा दयाहाङ र सुरक्षासँगै, बुद्धि तामाङ, बर्षा सिवाकोटीको पनि मुख्य भूमिका छ । बनिष शाहको सम्पादन रहेको यो चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रमा प्रेम प्रसाद पौडेल, देविमाया अधिकारी निर्माता हुन् भने लेख बहादुर पुन कार्यकारी निर्माता हुन् ।

https://www.youtube.com/watch?v=-aVd5LUgEkI

प्रतिक्रिया