अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४५ | Colorodo: 19:00

नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर पोर्चुगलमा पहिलोपटक नेपाली महोत्सव हुने

बिआरटीनेपाल २०७४ चैत १२ गते २२:२४ मा प्रकाशित

लिस्बन, नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर पोर्चुगलमा नेपाली महोत्सव हुने भएको छ । नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर गैर आवासीय नेपाली सङ्घ, पोर्चुगलको आयोजनामा पहिलोपटक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको हो ।

राजधानी लिस्बनस्थित मार्तिम मुनिज पार्कमा सङ्घले यही १५ अप्रिलमा नेपाली महोत्सव गर्न लागेको हो । प्रवासमा नेपाली कला र लोक संस्कृतिको संरक्षण, संवद्र्धन, प्रवर्द्धन एवं नेपाली पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली महोत्सव गर्न लागिएको सङ्घका अध्यक्ष कुवेर कार्कीले राससलाई जानकारी दिनुभयो । 

नेपाली वाणिज्य दूतावासको संरक्षकत्व एवं नेपाली पर्यटन दूत, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि तथा पोर्चुगलमा क्रियाशील नेपाली सङ्घ संस्थाको सहआयोजनामा नेपाली महोत्सव हुने भएको हो ।

महोत्सव गर्नका लागि यहाँको सरकारी निकायसँग स्वीकृति लिएर व्यापक तयारीमा लागिएको अध्यक्ष कार्कीले बताउनुभयो । नेपाली महोत्सव हुने भएपछि यहाँका सरकारी निकायसमेत उत्साही भएका छन् । उनीहरूले महोत्सव सफल पार्न सबै खाले सहयोग गर्ने आश्वासनसमेत दिएका छन्– रासससँग कार्कीले भन्नुभयो । महोत्सवले नेपाली पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पू¥याउने अपेक्षा गरिएको छ ।

महोत्सवमा नेपाली उत्पादन, हस्तकला, नेपाली खाना, नेपाली पोसाक, नेपाल झल्काउने तस्बिरलगायतका गरी १२ स्टल रहने सङ्घले जनाएको छ । यस्तै, बुद्ध जन्मस्थल लुम्बिनी, सर्वोच्च शिखर सगरमाथालगायत नेपालको पर्यटकीयस्थलका विषयमा जानकारी दिन र प्रचारप्रसार गर्नका लागि छुट्टै स्टल राखिने अध्यक्ष कार्कीले बताउनुभयो ।

एक दिने मेलामा नेपालको बारेमा जानकारी दिने, नेपाली कला, लोक संस्कृति र नेपाली पर्यटनको प्रचारप्रसार र प्रवर्द्धन गर्ने तथा नेपाली वेषभूषासहितको सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ । यस्तै महोत्सवमा पोर्चुगलमा रहेका ख्याति प्राप्त नेपाली राष्ट्रिय कलाकारको विशेष सांस्कृतिक प्रस्तुति पनि रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू