अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

कोलोराडोमा नयाँ वर्ष शुभकामना साँझ २०७५ हुदैं

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ चैत १२ गते १२:३३ मा प्रकाशित

शनिवार अप्रिल, १४ २०१८ का दिन नयाँ वर्ष शुभकामना साँझ २०७५ को आयोजना हुने भएको छ । कोलोराडोमा रहेको सबै भन्दा पुरानो संस्था  रक्की माउन्टेन फ्रेन्डस अफ नेपालद्वारा आयोजना गरिएको शुभकामना साँझमा गायिका उषा किरण अधिकारी, गायक सन्जिब प्रधान, गायिका सम्झना पाण्डे, डान्सरहरु सिमरन शाही तथा सपना महर्जनको उपस्थिति रहने छ भन्ने जानकारी उक्त संस्थाका महासचिव टिका पौडेल तथा कार्यक्रम संयोजक आकाश राईले बिआरटी नेपाललाई दिए ।

कार्यक्रम लाफायतको सेन्चुरी इलमेन्ट्री स्कुलमा साँझ ५:३० बजे देखि सुरु हुनेछ । उक्त कार्यक्रमको लागि प्रवेश शुल्क १० डलर राखिएको छ । १० वर्ष मुनिका बालबालिकहरु तथा ६५ वर्ष भन्दा बढिका बृद्दलाई निःशुल्क प्रवेश गरिने जानकारी महासचिव पौडेलले दिएका छन् । उक्त कार्यक्रममा नृत्य, सङ्गीत वा अन्य मनोरन्जनात्मक कार्यक्रम प्रस्तुत गर्न इच्छुक व्यक्तिहरूले मार्च ३१, २०१८ सम्म तल उल्लिखित व्यक्तिहरूसँग सम्पर्क राख्न समेत अनुरोध गरेको छ ।

त्यसै दिन दिनको ४ देखी ५ बजे सम्म वार्षिक साधारण सभाको पनि आयोजना गरिएको छ । उक्त वार्षिक साधारण सभामा सम्पूर्ण रक्की माउन्टेन फ्रेन्डस अफ नेपालका मेम्बर, लाइफ मेम्बर तथा बोर्ड मेम्बरहरुलाई आउन अनुरोध पनि गरिएको छ ।

उक्त कार्यक्रमको भोलि पल्ट आइतबार अप्रिल १५ मा नेपाल डे परेडमा सहभागिताका लागी समेत संस्थाले आग्रह गरेको छ । परेड आइतबार दिनको १ बजे बोल्डर लाइब्रेरी छेउको ब्यान्ड सेलबाट सुरु हुनेछ । उक्त परेडमा संस्थाले नेपाल र नेपालीको संस्कृति र पहिचान झल्काउने पहिरनमा आउन सबैलाई उपस्थितिका लागी अनुरोध गरेको छ ।

मनोरन्जनात्मक कार्यक्रममा सहभागिताको लागी सम्पर्क:
आकाश राई: ७२०-९८४-९२२६ (नयाँ वर्ष शुभकामना साँझ संयोजक)
टिका पौडेल: ३०३-७०४-८९९७ (महासचिव)
गीता चक्रवर्ती: ७२०-८१८-१२१४ (कोषाध्यक्ष)

नयाँ वर्ष शुभकामना साँझ कार्यक्रम हुने ठेगाना:
Century Elementary School
13000 Lafayette St,
Thornton, CO 80241

प्रतिक्रिया