अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

प्रधानमन्त्रीको भारत भ्रमणमा पञ्चेश्वर परियोजनालार्इ उच्च प्राथमिक्ता

बिआरटीनेपाल २०७४ चैत १२ गते ९:१३ मा प्रकाशित

 

भारतीय राजदूत मंजिवसिंह पुरीले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनसँग सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरवारस्थित उर्जामन्त्रालयमा सोमबार राजदूतसंगको भेटवार्तामा उर्जामन्त्री पुनले पंचेश्वर जलविद्युत आयोजना नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएका हुन्। 

भेटमा भारयित राजदूत पुरीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा अरुण तेस्रो परियोजना र पंचेश्वरलाई अघि बढाउने तयारीमा भारत रहेको जानकारी दिए भने मन्त्री पुनले भारतिय राजदूतलाई भारतबाट आयात भइरहेको पावर ट्रेडिङको हकमा प्रतिस्पर्धा गराई सस्तोमा विद्युत आयात गर्न नेपाल ईच्छुक रहेको धारणा राखेको मन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले बताए।

खड्काका अनुसार हाल नेपालले ४ सय मेगावाट बरावर भारतबाट विजुली आयात गरिरहेका बेला वुटवल–गोरखपुर ४ सय केभि अन्तरदेशीय प्रशारण लाइन निर्माणमा नेपाललाई सहयोग गर्न पनि राजदूत पुरीसंग मन्त्री पुनले आग्रह गरेका थिए। भेटमा राजदूत पुरीले मन्त्री पुनको प्रस्तावप्रती भारत सरकार सकरात्मक भएको र मोडालिटीको बारेमा छलफल गर्नुपर्ने धारणा राखेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू