अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:३० | Colorodo: 16:45

‘नाई नभन्नु ल ५’ मा स्वस्तिमा खड्काको जोडी नयाँ नायक अभिषेक नेपाल

बिआरटीनेपाल २०७४ चैत १२ गते ९:१९ मा प्रकाशित

निर्देशक विकासराज आचार्यले चलचित्र ‘नाई नभन्नु ल’ को पाँचौं सिक्वेल निर्माण गर्दैछन् । यसैबिच उनले चलचित्रका केहि कलाकारहरु फाइनल गरेपछि मुख्य नायक भने फाइनल गरेका थिएनन् । अब उनले नायक भेटाएका छन् । उनले कान्तिपुर फिल्म एकेडेमीमा अध्ययनरत अभिषेक नेपाल नाम गरेका नयाँ युवालाई चलचित्रमा नायकको रुपमा लिने भएका छन् ।

चलचित्रमा अभिषेक नायिका स्वस्तिमा खड्काको प्रेमीको भूमिकामा देखिदैछन् । यो चलचित्रको छायांकन सोमबारबाट पूर्वका विभिन्न स्थानमा हुँदैछ । चलचित्रमा सामिप्यराज तिमिल्सिना र विकासराज आचार्यको कथा, पटकथा तथा संवाद छ ।

निर्देशन बिकासले चलचित्र ‘नाई नभन्नु ल’ कै चौथो सिक्वेलबाट नायक पल शाहलाई चलचित्र क्षेत्रमा भित्राएका थिए ।  चलचित्रमा प्रियंका कार्की, अनुभव रेग्मी, केकी अधिकारी लगायतका कलाकार पनि यसमा मुख्य भूमिकामा छन् । चलचित्रलाई भदौ ८ गतेबाट रिलिज गर्ने तयारी समेत गरिएको छ ।

प्रतिक्रिया