अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५५ | Colorodo: 11:10

गीतकार अमर बान्तुको ‘फक्रदैं रहरहरु’मा क्यान्सर पिडित गायकको कथा (भिडियो)

बिआरटीनेपाल २०७४ चैत ११ गते २२:०१ मा प्रकाशित

गीतकार अमर बान्तु को शनिवार सार्वजनिक गीति एल्वम ‘अमर भावना’ भित्रको गीत फक्रदैं रहरहरुको भिडियो  सार्वजनिक भएको छ । राज सागरको स्वर तथा संगीतमा रहेको एल्वम अमर भावना र फक्रदैं रहरहरु बोलको गीत शनिवार राजधानिको होटल संकरमा भब्य समारोहका बिच सार्वजनिक भै सकेको भएपनि दर्शक स्रोताका लागि आईतबार भ्वाईसअफ नेपालको युटुवको च्यानल मार्फत सार्वजनिक भएको हो ।

हजारौं सपना बोकेर हिँडेको युवा गायकलाई अचानक जीब्रोको क्यान्सर भएपछि गायकको जीवनमा पर्ने आघात र पिडालाई प्रस्तुत गरिएको गीतको भिडियोमा भद्रगोल टेलिसिरियलकी चर्चित कलाकार रक्षा श्रेष्ठ र जिवन भट्टाईको अभिनय रहेको छ ।

ज्ञानेन्द्र शर्माको छायांकन र पासाङ योन्जनको निर्देशनमा तयार भएको भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया