अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:५६ | Colorodo: 02:11

मलेसियामा कार्यरत नेपाली युवक बसिरहेको कुर्चीमै मृत अवस्थामा फेला

बिआरटीनेपाल २०७४ चैत ११ गते १६:५७ मा प्रकाशित

रोजगारको सिलसिलामा मलेसियामा पुगेका एक म्याग्देली युवकको मृत्यु भएको छ। म्याग्दी जिल्ला मालिका गाउँपालिका–२ रूमको जेम गाउँका धर्म रोका मगरको शनिबार बेलुकी साझ ५ बजे ड्युटी गर्ने क्रममा बसिरहेको कुर्चीमै मृत अवस्थामा फेला परेका हुन् ।

मलेसियाको आम्पाङ्गपार्कस्थित भिस्टा दमैको अपार्टमेनमा सेक्युरिटी कम्पनीमा कार्यरत मगर रोजगारीका लागि ५ बर्ष पहिले मलेसिया पुगेका थिए ।

नियमित आफ्नो काममा पुगेका मगरलाई हृदयघात भएको हुनसक्ने बताईएको छ र उनको शव पोष्टमार्टमका लागि मलेशियन प्रहरीले त्यहाँको सरकारी अस्पतालमा लगेको छ।

मलेसियामा म्याग्देली आवद्ध रहेको संघसंस्था नभएकाले पनि मृत्यु लगत्तै आवश्यक कानुनी प्रक्रिया र क्षतीपूर्तीका लागि समेत कानुनी दवाव दिन मुस्किल रहेको त्यहाँ कार्यरत म्याग्देलीहरुको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू