अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४७ | Colorodo: 15:02

अमेरिकाको भर्जिनियामा आईक्यान युएस शाखा गठन

विजय थापा २०७४ चैत ११ गते १२:१० मा प्रकाशित

अमेरिकामा बसोबास गर्ने दि इन्सटीट्युड अफ चार्टर्ड एकाउनटेन्ट अफ नेपाल (आईक्यान) का सदस्यहरूले आईक्यान युएस शाखा गठन गरेका छन् । आईक्यान युएस शाखाको गठन भर्जिनियामा गरिएको हो । 

उक्त शाखाको औपचारिक उद्घाटन आईक्यानका अध्यक्ष प्रकाश जङ्ग थापाले गरे । उक्त एक दिवसीय कार्यक्रममा भर्जिनिया शाखाका संयोजक गणेश बानियाले कार्यक्रमको उद्घाटन तथा समापनमा स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए ।

उक्त समारोहमा आईक्यान को प्रतिनिधित्व गर्दै नेपालबाट आएका प्रतिनिधिहरूमा परिषद् सदस्य सूर्य प्रसाद अधिकारी, पूर्व अध्यक्ष प्रकाश लम्साल तथा निवर्तमान अध्यक्ष महेश खनाल को सहभागिता रहेको थियो ।  

यसै गरी नेपाली राजदूतावास, अमेरिकन सरकार, आईएफएसी, एसीएयुएस तथा स्थानीय समुदायका नेतृत्वहरूको पनि उपस्थिति रहेको थियो । उक्त नव गठित ९ सदस्यीय समितिमा गणेश बानिया, नयाँ राज बराल, टिका आचार्य, सुदर्शन चापागाई, ईश्वर पोखरेल, बिराजन आतं, लक्ष्मण भण्डारी, ऐक क्षेत्री तथा विनोद लम्साल रहेका छन् ।

यो शाखा खोल्न दुई महिना अगाडी समिति निर्माण गरिएको थियो भनी छापा विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया