अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३६ | Colorodo: 03:51

वासिङ्टन डिसीमा अप्रिय घटना निवारणार्थ पाठ तथा भजन कृतनको कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७४ चैत ११ गते ११:१७ मा प्रकाशित

वासिङ्टन डिसी, डिसी नेपाली समाजको आयोजनामा चैत्राष्टमी अर्थात् नवरात्रीको अवसरमा नेपाल लगायत विभिन्न देशमा हुने गरेका “अप्रिय घटना निवारणार्थ पाठ तथा भजन कृतन” को कार्यक्रम सम्पन्न भएको छ ।

नेपाललगायत विभिन्न देशमा हुने गरेका मृत्युजन्य ख़बर र भर्खरै मात्र विमान दुर्घटनामा परी दिवङ्गत हुनेहरुको लागि शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ होस् भन्ने हेतुले उक्त पाठ तथा भजन कृतन”को कार्यक्रम राखिएको कुरा संस्थाका सक्रिय सदस्य तथा धार्मिक संयोजक राजेन्द्र खनालले जानकारी दिनु भयो । 

दीप प्रज्वलित गरी आदरणीय राधा माताजी र डिसी नेपाली समाजको परिवारका बिचमा पाठ तथा भजन स्थानीय समय बेलुका ठिक ६ बजे सुरु भई ८:३० मा सकिएको थियो ।

कार्यक्रम सफल बनाउने दायित्वसहित संम्पूर्ण सदस्यहरू आ-आफ्नो परिवार र साथीभाइसहित उपस्थित भएका थिए । उपस्थित सबैजनालाई प्रसाद (भोजन) को पनि राम्रो व्यवस्था गरिएको थियो ।
विस्तृत जानकारीको लागि यो लिङ्कमा गई भिडियो हेर्नुहोस् । 

प्रतिक्रिया