अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 03:02

हास्य कलाकार धुर्मुसको नेतृत्वमा हनुमन्ते नदी सफाइ

बिआरटीनेपाल २०७४ चैत १० गते ८:३९ मा प्रकाशित

भक्तपुर, नेपालका चर्चित हास्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल धुर्सुमको नेतृत्वमा हनुमन्ते नदीको सर सफाई आज भएको छ । सूर्यविनायक नगरपालिकाले आयोजना गरेको नदी सफाइ अभियानमा प्रमुख अतिथिको रूपमा आएका हास्य कलाकार धुर्मुसले नेपाल र नेपाली जनता आफ्नो देश निर्माणमा सक्षम रहेको बताउँदै आफ्नो समय र परिस्थितिले साथ दिएमा प्रत्येक हप्ता हनुमन्ते नदी सफाइ अभियानमा संलग्न हुने भनेका छन् ।

बाराही मन्दिरदेखि राम मन्दिरसम्म भएको सफाइ अभियानमा आज छ गाडी फोहोर सङ्कलन गरिएको छ । १०० हप्ता चल्ने यो अभियानमा नदी मात्र नभई सम्पूर्ण भक्तपुर जिल्लालाई नै सफा र सुन्दर बनाउने बताइएको छ । 

अभियानमा भक्तपुर क्षेत्र नं २ का सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख तथा आयोजक कमिटीका संयोजक वासुदेव थापा, स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू