अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२४ | Colorodo: 15:39

‘म तिम्रै हुँ’ को म्युजिक भिडियोमा स्मृति र अनुरागको रोमान्स

बिआरटीनेपाल २०७४ चैत १० गते ७:३३ मा प्रकाशित

नेपाली म्युजिक भिडियोको भिडमा फरक फ्लेबरको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । एसीएन म्युजिकले बजार ब्यबस्थापन गरेको भिडियो लाई एसिएन म्युजिककै अफिसिएल च्यानल बाट सार्वजनिक गरिएको छ ।

थुप्रै म्युजिक भिडियोमा कोरियोग्राफी तथा निर्देशन गरिसकेका निर्देशक तथा मोडल अनुराग ठकुरीको अभिनय तथा निर्देशन रहेको भिडियो अहिलेको भिडियो ट्रेन्ड भन्दा केहि फरक भने देखिएको छ । कोरिएन फ्लेबरको टेस्ट दिने यस म्युजिक भिडियोमा अनुराग संगै लिड फिमेल मोडलमा स्मृति श्रेष्ठ लाई फिचर गरिएको छ । अनुरागको निर्देशनको हिशाबले यो म्युजिक भिडियो १८ औ म्युजिक भिडियो हो । मिलन शंखरको सिनेमाटोग्राफी रहेको भिडियोमा रिच लोकेसन देखाईएको छ ।

‘म तिम्रै हुँ’ बोलकको यस गीतमा गायक प्रेम लामाको स्वर रहेको छ । गीतमा शब्द संगीत भने सन्जिब सिंहको रहेको छ । गीत लाई सुप्रिम परजालिले सम्पादन एबम अर्जुन भुषालले कोरियोग्राफी गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू