अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५८ | Colorodo: 13:13

बलात्कार गरेर भाग्दा पातले छाँगोमा खसेका ईन्द्र बहादुर के भन्छन् ? (भिडियो)

बिआरटीनेपाल २०७४ चैत ९ गते २२:५१ मा प्रकाशित

पोखराको पातलेछाँगो (डेभिडफल्स) बाट नेपाल प्रहरीले एक जनाको सकुशल उद्धार गरेको छ । पर्वतको बिहादी १ का ३७ वर्षीय ईन्द्र केसीलाई वडा प्रहरी कार्यालय बैदाम र नेपाल प्रहरीको सशस्त्र प्रहरी गण मुख्यालय पोखरावाट प्रहरी निरिक्षक पुष्पकमल श्रेष्ठको कमाण्डमा खटिएको उद्धार टोलीले केसीको सकुशल उद्धार गरेको हो ।

पातलेछाँगो हेर्न जानेक्रममा एक पर्यटकले पहरोमा अड्कीएको देखेपछि प्रहरीलाई खबर गरीएको थियो । केसीले एक युवतीलाई बलात्कार गरेको आफन्तले थाहा पाएपछि भाग्ने क्रममा पातले छाँगोमा खसेको बताएका छन् ।

बलात्कार गरेर भागेका ईन्द्र बहादुर पातले छागोको खोचमा खसे राती करिब ११ बजे उनि बलात्कार गरेर युवतीका आफन्तले थाहा पाएपछी भागेका थिए l भाग्ने क्रममा उनि पातले छागोको खोचमा खसे l राती खसेका ईन्द्र बहादुरलाई बिहान प्रहरीले उद्धार गरेको थियो l उद्धारपछी बलात्कार गरेको स्वीकार गर्दै हास्दै भने मलाई मर्ने दिनुपर्ने अरु बलात्कार पनि गर्ने सक्थे ठिकै भयो l

हेर्नुहोस उनको भनाई सहितको स्थलगत रिपोर्ट

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू