अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:३५ | Colorodo: 01:50

निशा देशारको स्वरमा ‘मेरो लाशलाई फूल’ सार्वजनिक (भिडियो)

बिआरटीनेपाल २०७४ चैत ९ गते ९:३२ मा प्रकाशित

नेपाली सांगीतिक बजारमा अर्को पनि एक मर्म स्पर्शी गीत सार्वजनिक भएकोृ छ । संगीतिक क्षेत्रमा छोटो समयमा आफ्नो व्यस्तता बढाएका संगीतकार सनम पुरुषको संगीतमा अर्को पनि आशा लाग्दो गीत सार्वजनिक भएको हो ।

उक्त गीतमा देव बिरहीको शब्द रहेको छ भने पुरुषले संगीत निशा देशारको स्वर समेटिएको छ । उक्त गीतको बोल मेरो लाशलाई फूल चढाउँनु रहेको छ ।

म्युजिक नेपालको युट्युव मार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा मर्म स्पर्शी शब्द, संगीत र स्वरको त्रिवेणी छ । उक्त गीतको भिडियोमा बुद्धबीर थापा र निशा थापाले अभिनय गरेका छन् भने कृष्ण पौडेलको निर्देशनमा शन्तिराम कार्कीले छायांकन गरेका छन् । त्यसै गरी उज्जवल तामाङले भिडियोको निर्देशन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू