अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

राष्ट्रपति ट्रम्प र पूर्व उपराष्ट्रपति विडेनबीच पुनः भनाभन सुरु

बिआरटीनेपाल २०७४ चैत ८ गते १२:३० मा प्रकाशित

वासिङ्टन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो विडेनबीच एक पटक फेरी आरोप प्रत्यारोप सुरु भएको छ । गत मङ्लबार पूर्व उपराष्ट्रपति विडेनले यदि माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी भएको भए आफूले ट्रम्पलाई व्यायामशालाको पछाडि लगेर कुट्ने बताएको समाचार अमेरिकी सञ्चारमाध्यममा आएपछि बिहीबार ट्वीटरमा सन्देश लेख्दै ट्रम्पले भन्नुभयो, “सनकी जो विडेन एउटा अबुझ व्यक्तिजस्ता देखिएका छन् । वास्तवमा उनी शारीरिक वा मानसिक रूप दुवैमा कमजोर छन् तरपनि उनले मलाई दोस्रो पटक शारीरिक हमलाको धम्की दिएका छन् ।”

राष्ट्रपति ट्रम्पले भन्नुभयो, “उहाँले मलाई चिन्नुभउको छैन । तर उहाँ नराम्रोसँग गिरेर गनगन गरिरहनुभएको छ । बिचरा जो कसैलाई नधम्काउनुस् ।”

मायमीमा भएको यौनहिंसाविरुद्धको प्रदर्शनका क्रममा गरेको सम्बोधनमा सन् २०२० मा ट्रम्पसँग अमेरिकी राष्ट्रपतिमा प्रतिस्पर्धा गर्नसक्ने बलियो सम्भावना रहेका विडेनले विद्यालयस्तरमा भएको भए शारीरिक रूपमा नराम्रोसँग कुट्ने भनी उत्तेजक भाषण दिनुभएको अमेरिकी सञ्चारमाध्यम हुँदै अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आएको थियो । रासस/एएफपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू