अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:४५ | Colorodo: 13:00

सिरियामा विद्यालय नजिकै हवाई आक्रमण, १६ कलिला नानीहरुको मृत्यु

बिआरटीनेपाल २०७४ चैत ८ गते ५:५५ मा प्रकाशित

सिरियाको उत्तरपश्चिमी शहर इदलीवमा बुधबार गरिएको हवाइ आक्रमणमा परी कम्तिमा १६ छात्रछात्रासहित २० जनाको निधन भएको सिरियाली मानव अधिकारवादी समूहले जनाएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले भनेको छ, “इदलीव प्रान्तको काफर बातिख क्षेत्रमा आक्रमणमा १६ जना बालबालिकासहित २० जना सर्वसाधारणको मृत्यु भएको छ ।”

संस्थाका प्रमुख रामी अब्देल रहमानले भन्नुभयो, पूर्व अलकायदा समूहका धेरै सदस्य रहेको जिहादी विद्रोही समूह हायत तहरिर अल–सामद्वारा नियन्त्रणमा लिएको सुरक्षा जाँच चौकी नजिकै भएको आक्रमण सिरियाली सरकारी फौज वा उसको सहयोगी रुसी पक्षले गराएको वा अन्य कुनै समूहले गराएकोबारे खुल्न नसकेको उहाँको भनाई थियो ।

स्थानीय विद्यालयबाट निस्केका विद्यार्थीको घटनामा मृत्यु भएको अब्देल रहमानले जनाउनुभयो ।
मृतक विद्यार्थीमध्ये सवैभन्दा बढी उमेरको बालक ११ बर्षका रहेका बताइएको रहमानले स्थानीय स्रोतलाई उद्धृत गर्दै उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू