अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४० | Colorodo: 00:55

ट्रम्प-पुटिन भेट चाडै नै

बिआरटीनेपाल २०७४ चैत ७ गते ८:४१ मा प्रकाशित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमा पुनः निर्वाचित राष्ट्रपति भ्लादिमिर पुटिनलाई चाडै भेट्ने बताउनुभएको छ । गत आइतबार निर्वाचित पुटिनलाई भेट्न ढिला नहुने ट्रम्पले मंगलबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा पत्रकारहरुसँग बताउनुभयो ।

अमेरिका भ्रमणमा रहनुभएका साउदी अरबका युवराज मोहम्मद विन सलमान अल साउदसँगको भेटअघि उहाँले भन्नुभयो, “मैले नवनिर्वाचित राष्ट्रपति पुटिनलाई फोन गरेर बधाई दिएको छु ।”

आफुहरुले वासिङटन र मस्कोकोबीचमा भइरहेको हातहतियारको होडबाजीका साथै युक्रेन, सिरिया र कोरिया प्रायद्वीपको बारेमा छलफल गर्ने उहाँले जानकारी दिनुभयो ।

अमेरिकी राष्ट्रपतिको कार्यालयका अधिकारीका अनुसार टेलिफोन बार्ताका क्रममा ट्रम्प र पुटिनले द्विपक्षीय सम्वन्ध र सहकार्यका बारेमा छलफल गर्नुभएको छ ।

मंगलबार सवेरै भएको फोनवार्तामा उहाँहरुले बहुराष्ट्रिय सुरक्षा प्राथमिकता र चुनौतीका बारेमा पनि चर्चा गर्नुभएको छ ।

ट्रम्पले कोरिया प्रायद्वीपको बारेमा पुटिनसँग बढी जोड दिएर कुराकानी गर्नुभएको अधिकारीले जनाएका छन् ।

रुसको राष्ट्रपति पदमा चौथो पटक पुटिन गत आइतबार निर्वाचित हुनुभएको हो । ७६ प्रतिशतभन्दा बढी मत ल्याएर उहाँ आगामी छ वर्षका लागि राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू