अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:०७ | Colorodo: 14:22

चलचित्र ‘तिमी सँग’ को टाइटल गीत सार्वजनिक

बिआरटीनेपाल २०७४ चैत ७ गते ५:४९ मा प्रकाशित

यहि चैत २३ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘तिमी सँग’ को टाइटल गीत सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य कलाकार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक आकाश श्रेष्ठ फिचरिङ गीतको भिडियो मेकिङ उत्कृष्ट बनेको छ । बुधबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएको गीतमा साम्राज्ञी र आकाशको प्रेम देख्न सकिन्छ ।

चलचित्रमा शिशिर राणाको  लेखन, निर्माण तथा निर्देशन छ भने साम्राज्ञी र आकाशको अलवा नाजिर हुसेन, अनुपम श्रेष्ठ लगाएतका कलाकारहरु मुख्य भूमिकामा छन् । कार्यक्रममा बोल्दै निर्माता तथा निर्देशक शिशिरले चलचित्रको ३० बर्षको अनुभव ‘तिमी सँग’मा लगाएको बताए ।

‘मैले अहिलेसम्म चलचित्रक्षेत्रमा धेरै काम गरेँ, धेरै चलचित्रमा एसिस्टेन्ट भएरपनि काम गरेँ, सबै अनुभव यो चलचित्रमा लगाएको छु ।’, उनले भने । यस्तै भिडियोमा देखिएका साम्राज्ञी र आकाशले पनि चलचित्रमा खुबै मेहनत गरेको र अहिलेको गीतका लागी पनि धेरै मेहनत गरेको भन्दै दर्शकले मन पराउनेमा आशावादी रहेको बताए ।


प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू