अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०५ | Colorodo: 07:20

कान्तिपुर आइडलको उपाधि उपेन्द्र र सलोनीलाई

बिआरटीनेपाल २०७४ चैत ७ गते २:४३ मा प्रकाशित

कान्तिपुर आइडलको उपाधि उपेन्द्र सहयात्री राई र सलोनी मल्लले चुमेका छन् । सनराज इन्टर टेन्ट्मेन्ट प्रा. लि. को आयोजनामा भएको कान्तिपुर आइडल खुल्ला गायन तथा नृत्य प्रतियोगीता उनीहरुले उपाधि चुमेका हुन् ।

गायन तर्फ फर्स्ट रनरअप समिर खरेल र सेकेन्ड रनरअप अभिषेक पोख्रेल र नृत्य तर्फ फस्ट रनरअप आर्या सुबेदी र सेकेन्ड रनरअप गणेश श्रेष्ठ भएका छन् ।

चैत्र ६ गते नाचघरमा सम्पन्न भएको उक्त कार्यक्रममा गायन तर्फ निर्णायकमा राज सिग्देल र राजेन्द्र कमल राई रहेका थिए । सन्तोष शर्मा र राजन कार्की आयोजक रहेको यस कार्यक्रममा विजेतालाई विभिन्न उपाहारका साथै गिफ्ट ह्यापर प्रदान गरिएको थियो ।

उनिहरुले बिभिन्न अवसर र पुरस्कार एकसाथ पाएका छन् ।

युवा, युवतीहरुको प्रतिभा निखार्दै उनीहरुको भबिष्य निर्माणमा महत्वपुर्ण योगदान पुर्याउने उद्देश्यले प्रतियोगीताको आयोजना गरिएको आयोजकले बताए ।

प्रतिक्रिया