अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५४ | Colorodo: 06:09

‘मकवानपुरे मिलन केन्द्र दोहा, कतार’ मकवानपुर जिल्लालाई एम्बुलेन्स प्रदान गर्ने अभियानमा

बिआरटीनेपाल २०७४ चैत ६ गते २३:१२ मा प्रकाशित

मकवानपुर जिल्लाका बिरामीहरुका लागि एम्बुलेन्स सेवा प्रदान गर्ने उद्येश्यले राखिएको ‘मकवानपुरे मिलन केन्द्र दोहा, कतार’को बैठक सम्पन्न भएको छ ।एम्बुलेन्स बितरणका लागि ५  सदस्सिय  समिती निर्माण साथै यस बिषयक महत्वपुर्ण छलफलका साथ केन्द्रका नव निर्वाचित अध्यक्ष रमेश तिवारिको अध्यक्षतामा शुक्रबार दोहा स्थित कर्नेशमा बैठक सम्पन्न भएको हो ।एम्बुलेन्स खरिदका गर्न आवश्यक रकम संकलनका लागि केन्द्रका कोषाध्यक्ष रामहरी भण्डारीको संयोजकत्वमा ५ सदस्सिय समिती निर्माण गरेको केन्द्रले विश्वभर छरिएर बसेका मकवानपुरवाासीहरुलाई संगठित गर्ने उद्येश्यले केन्द्रका पूर्व अध्यक्ष सरोज पुडासैनीको संयोजकत्वमा अर्को ५ सदस्सिय समिती पनि गठन गरेको छ ।

मकवापुरका बिरामीहरुको सहजताका लागि प्रदान गर्न लागिएको एम्बुलेन्स खरिदका लागि मकवापुर जील्लाबासी ब्यवसायि, संघ संस्था लगायतका बिभिन्न क्षेत्रमा आवद्धहरुसंग समन्वय र सहकार्य गरि यस बिषयलाई पूर्णता दिने तयारीमा रहेको छ ।

त्यस्तै ‘मकवापुरे मिलन केन्द्र दोहा’ले ३ नं प्रदेशको राजधानी मकवानपुरलाई बनाउनु पर्ने माग सहित दोहा स्थित बिभिन्न संघ संस्थासंग अन्तरकृया गर्दै सम्पूर्ण प्रवासी मकवानपुरेहरुको हस्ताक्षर सहिद को ज्ञापनपत्र दोहा स्थित नेपाली राजदुतावास मार्फत नेपाल सरकारलाई बुझाउने कार्य पनि प्रारम्भ गरेको छ  ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू