अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१९ | Colorodo: 03:34

मैनाली कथा पुरस्कार विमललाई

बिआरटीनेपाल २०७४ चैत ६ गते १८:३४ मा प्रकाशित

साहित्यिक पत्रकार सङ्घले २०७४ सालको मैनाली कथा पुरस्कार वरिष्ठ कथाकार राजेन्द्र विमललाई प्रदान गर्ने निर्णय गरेको छ । नगद र एकलाख एकहजार राथीसहितको सो पुरस्कार आधुनिक नेपाली कथाका प्रवर्तक गुरुप्रसाद मैनालीको नाममा २०३८ सालमा स्थापना भएको हो । सङ्घका अध्यक्ष राधेश्याम लेकाली अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो ।

कथाकार राजेन्द्र विमल उत्कृष्ट कथाकार हुन । उनका राजेन्द्र विमलका कथाहरू, समयका आँखा, इतिहासका घाउ जस्ता कथा कृतिहरू र रोएको जून, खहरेका तिर्खा जस्ता उपन्यासहरू लगायत अनेकौँ कृतिहरू र सैयौ फुटकर रचनाहरू प्रकाशित रहेका छन् । 

कथाकार विमलले यस अघि नै नेपाल प्रज्ञा पुरस्कार साँझ पुरस्कार, राष्ट्रिय प्रतिमा पुरस्कार, विधापति प्रथम अवार्ड, जगदम्बा श्री पुरस्कार लगायत दर्जनौँ पुरस्कार र सम्मान प्राप्त गरी सक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू