अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२४ | Colorodo: 21:39

चलचित्र ‘कालो शहर’को फस्ट लुक सार्वजनिक

बिआरटीनेपाल २०७४ चैत ६ गते ६:२७ मा प्रकाशित

हरेक खालको सुविधा मात्र छैन शहरमा, आपराधिक कृयाकलापको कारणले दविधा पनि उस्तै छ । सडकको नाङ्लो पसल देखि सदन र सरकारमा बस्नेहरुले आफ्नो पेशा वा व्यवसायको आवरणमा गर्ने भ्रष्ट्राचार, लागु औषधको कारोबार, बाल यौन शोषण तथा कालो बजारी जस्ता कृयाकलापले असल मान्छेहरुलाई बाँच्न धेरै कठिन पारेको छ । यस्तै कठिन परिस्थीतिलाई पर्दामा पनि हेर्न पाईने भएको छ । माता सुर्मादेवी प्रोडक्सन प्रा.लि.को ब्यानरमा निर्माण गरिएको चलचित्र कालो शहरमा उक्त घटनालाई उतारिएको छ भने चलचित्रको निर्माण समेत सम्पन्न भई सकेको छ ।

देशब्यापी रुपमा प्रदर्शनको लागी तयारीमा रहेको उक्त चलचित्रकोे कथा तथा निर्देशन दिनेश सिंह ठकुरीको रहेको छ ।  चलचित्रको फस्ट लुक समेत सार्वजनिक गरिएको छ । फस्ट लुकमा सुशिल क्षेत्री , सुरज आ.डी. तथा रबिना खड्कालाई मुख्य कलाकारको रुपमा राखिएको भने अन्य कलाकारहरुमा लक्ष्मण विक्रम बस्नेत, तिर्सना बुढाथोकी, कुमार योगी, सुरज महर, चन्द्र खड्का तथा प्रदिप रुम्बा लगायतले पनि अभिनय गरेका छन् ।

चलचित्र कालो शहरमा विशेषत देशका मुख्य शहरहरुमा माथीको राजनीतिक देखि तलको नाङ्लो पसलसम्म हुँने भ्रष्ट्राचार, लागु औषध, बाल यौन शोषण, कालो बजारी जस्ता आपराधिक कृयाकलापलाई उठान गरिएको निर्माण समूहको दाबी छ । दिपक सिंह साउँद प्रस्तुतकर्ता रहेको उक्त चलचित्रकी निर्मात्री मुना साउँद (जि.सी.) हुन् ।

अल नेपाल रिलिजको लागी वितरकसँग कुराकानी भई रहेको बताईएको चलचित्र कालो शहरको कथा तथा निर्देशन दिनेश सिंह ठकुरीले गरेका छन् । त्यसै गरी पटकथा तथा संवाद सपना सिंह ठकुरीको रहेको छ । चलचित्रमा राजु घिमिरेले मुख्य सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन् भने बिनोद सापकोटाको छायाँकन, समिर मियाको सम्पादन, निरज कुमारको गीत तथा संगीत, राजेन्द्र चौधरीको द्वन्द एवम बिक्रम चौहानको नृत्य निर्देशन रहेको छ ।

 

प्रतिक्रिया