अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५२ | Colorodo: 03:07

प्रसिद्ध कृति ‘मुनामदन’को गीत ‘ईश्वर तैंले रचेर फेरि’की गायिका कमला श्रेष्ठको निधन

बिआरटीनेपाल २०७४ चैत ५ गते ८:२४ मा प्रकाशित

महाकवि लक्ष्मी प्रसाद देवकोटाको प्रसिद्ध कृति मुनामदनको गीत ईश्वर तैंले रचेर फेरिकी सह-गायिका तथा चर्चित गीतहरु घरबेटी नानी आँगनीमा देउन मलाई बास, सल्लाई हो जोवन कल्लाई हो, मलेवा सरर मलेवा घुम्छ वादलमुनी मायालाई, लगायतका गीतकी गायिका कमला श्रेष्ठको निधन भएको छ । ह्रदयघात र शारिरिक अस्वस्थताका कारण सांगितीक क्षेत्रबाट लामो समयदेखी ओझेल परेकी गायिका श्रेष्ठको ६९ बर्षको उमेरमा आज निधन भएको हो ।

तत्कालिन समयमा रेडियो नेपालले लोक गीतकी रानी नाम दिएकी गायिका श्रेष्ठलाई नारायणगोपाल र गोपाल योञ्जनकी प्रिय गायिकाका रुपमा पनि चिनिन्छ ।

२०१७ सालबाट नेपाली सांगितीक क्षेत्रमा उदाएकी गायिका कमला श्रेष्ठलाई विसं २०२५ सालमा भैरववहादुर थापाले नाचघरमा जागिर लगाइदिए पछि उनले ३८ बर्ष नाचघरमा काम गरिन् । विसं २०२६ सालमा तारारत्न स्थापितसित वैवाहिक जीवनमा बाँधिएकी कमलाका तीन छोरा उदय, विनय र बबिन छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू