अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२७ | Colorodo: 22:42

एनआरएन कोलोराडो च्याप्टरको परिचयात्मक तथा अन्तर्कृया कार्यक्रम सम्पन्न (फोटो फिचर)

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ चैत ४ गते १६:१७ मा प्रकाशित

इमर्जेन्सी फण्डको लागि $६८८२.०० रकम सङ्कलन

एनआरएन कोलोराडो च्याप्टर र एनआरएन हेल्प डेक्सको संयुक्त आयोजनामा १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा अन्तर्कृया तथा परिचयात्मक कार्यक्रम ब्रुमफिल्डमा सम्पन्न भएको छ । कार्यक्रम एनआरएन अमेरिकाका केन्द्रीय अध्यक्ष डा. केशव पौडेलको प्रमुख आतिथ्य तथा च्याप्टर अध्यक्ष राज ढुंगानाको सभापतित्वमा भएको थियो । कार्यक्रममा एनआरएन वरिष्ठ उपाध्यक्ष सुनिल शाह, एनआरएन हेल्प डेस्क संयोजक तथा एनआरएन उपाध्यक्ष उमा कार्की थापा, महिला संयोजक इन्दिरा त्रिपाठी, एनआरएन प्रवक्ता विनोद तिवारी, कृष्ण लोहनी, सल्लाहकार बुद्धि लामिछाने, नेपाल जनसम्पर्क समिति उपाध्यक्ष धर्मराज श्रेष्ठ, तथा सर्वसाधारणको उपस्थितिमा रहेको थियो ।

नेपाली तथा अमेरिकन राष्ट्रिय गानबाट सुरु भएको उक्त कार्यक्रममा कोलोराडोमा भएको २२ वटा संस्थाहरूको अध्यक्षहरूको नाम लिएर उहाहरुलाई यथा स्थानमा आसन ग्रहणको लागि आग्रह गरिएको थियो । च्याप्टर उपाध्यक्ष कुमारजङ कार्कीले आएका सम्पूर्ण आगन्तुक तथा अतिथिहरूलाई स्वागत गर्दै आफ्नो मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम च्याप्टर महा-सचिव आर सी पन्तले कार्यक्रम सञ्चालन गरेका थिए ।

१०९ महिला दिवसको उपलक्ष्यमा प्रमुख अतिथिबाट पानसमा बत्ती बाली सुरुवात भएको उक्त कार्यक्रममा सहभागी महिलाबाट पनि दीप प्रज्वलन गरिएको थियो । च्याप्टरको महिला संयोजक यमुना के सी महिला दिवसको बारेमा प्रकाश पारेकी थिइन भने सोही अवसरमा कोलोराडोका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने महिला ब्यक्तित्वहरु शान्ति श्रेष्ठ, धन पौड्याल, गायिका उषा किरण अधिकारी, साहार कार्की तथा यसोदा भट्टलाई टोकन अफ अप्रिसेसन सहित खादा पहिराई सम्मान गरिएको थियो । कार्यक्रममा कोलोराडो च्याप्टरका पदाधिकारी तथा कोलोराडो हेल्पडेक्सका पदाधिकारीहरूलाई प्रमाण पत्र प्रदान तथा परिचय गराइएको थियो । 

कार्यक्रममा वासुदेव खनालको पहलमा दृष्टिबिहिन छात्र जयराम लामिछानेको सहयोगार्थ संकलित नगद रकम, च्याप्टर कोषाध्यक्षको हातबाट हस्तान्तरण गर्दै उनलाई सहयोग गर्न सबैलाई आग्रह गरिएको थियो । जयराम लामिछानेले आफू कसरी ४ महिना देखी होम्लेस सेल्टरमा बसिरहेको छु भनेर आफूले दु:ख पाएको कुरा सुनाएका थिए । साथै सम्पूर्ण सहयोगीहातलाई धन्यवाद दिएका थिए । 

उक्त कार्यकममा वरिष्ठ उपाध्यक्ष सुनिल शाह, एनआरएन हेल्प डेस्क संयोजक तथा एनआरएन उपाध्यक्ष उमा कार्की थापा, महिला संयोजक इन्दिरा त्रिपाठी, एनआरएन प्रवक्ता विनोद तिवारी, सल्लाहकार बुद्धि लामिछाने, नेपाल जनसम्पर्क समिति उपाध्यक्ष धर्मराज श्रेष्ठ, च्याप्टर सदस्य पदम तमाङ, पूर्व च्याप्टर अध्यक्ष वासु खनालले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सहयोगी मनहरूले इमर्जेन्सी फन्डको लागि $६८८२.०० रकम समेत सङ्कलन भएको थियो । 

कार्यक्रममा अन्तरक्रिया तथा प्रश्न उत्तरको कार्यक्रम रहेको थियो । यसमा एनआरएनमा भैरहेकोको गतिविधि, आगामी हुने कार्यक्रम, हेल्पडेक्सको महत्त्व र सहयोग सङ्कलन र वितरणलाई पारदर्शिताको बारेमा छलफल गरिएको थियो । 

अन्त्यमा कोलोराडो च्याप्टरका अध्यक्ष राज ढुङ्गानाले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै, एनआरएन कसैसँग प्रतिस्प्रदा गर्न नभै सबैसँग हातेमालो गर्दै अघि बढ्न कोलोराडोमा स्थापित भएको बताउँदै कार्यक्रम विसर्जन गरेका थिए । फोटो: शैलेश पोखरेल

प्रतिक्रिया