अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०८ | Colorodo: 10:23

राष्ट्रियसभा सदस्य यादवले आज ग्रहण गरे पद तथा गोपनीयता शपथ

बिआरटीनेपाल २०७४ चैत ४ गते ३:१६ मा प्रकाशित

राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । फागुन २० गते राष्ट्रियसभाका ५५ जना सदस्यले शपथ लिँदा अनुपस्थित रहेका यादवले आज राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट संघीय संसद् भवन नयाँ बानेश्वरमा शपथ लिएका हुन् ।

राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधित्व गर्ने सांसद यादव राष्ट्रियसभा सदस्यको गत माघ २४ गते सम्पन्न निर्वाचनमा प्रदेश २ बाट निर्वाचित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू