अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०० | Colorodo: 14:15

प्रकाश ढकाल र श्रीदेवी देवकोटाको कमेडी गीत ‘बरको छाँयाले’मा करिष्मा र सरापेको अभिनय

आर पोखरेल  २०७४ चैत ४ गते ०:२८ मा प्रकाशित

नेपाली लोक तथा दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेका चर्चित तथा लोकप्रिय गायक प्रकाश ढकाल र गायिका श्रीदेवी देवकोटाको  आवाजले सजिएको कमेडी गीत “बरको छायाले” भर्खरै सार्वजनिक भएको छ ।

गायक प्रकाशले अन्य माया प्रितिका गीतहरु बजारमा ल्याईरहंदा कमेडी गीत बजारमा आउनुलाई आम दर्शक तथा श्रोताले गायकलाई निकै रुचाएका छन् । गीतमा शब्द तथा संगीत प्रकाश ढकालको रहेको छ । प्रस्तुत गीतको लय शब्द र गायन जति उत्कृष्ट बनेको छ , त्यतिनै उत्कृष्ट भिडियो बनेको छ ।

भिडियोमा चर्चित मोडल तथा निर्देशक काजिश श्रेष्ठ र करिष्मा ढकाल र सरापेको अभिनय रहेको छ । काजिश श्रेष्ठको निर्देशन तयार भएको यस गीतको भिडियोलाई छायांकन भने सुरेश श्रेष्ठले गरेका हुन् । दिपक विष्टको सम्पादन रहेको गीतको अडियो तथा भिडियोलाई गोरखा चौतारी म्युजिकले आफ्नै युटुब चयानल बाट सार्बजनिक गरेको छ ।

सम्बन्धित सामग्रीहरू