अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 22:32

ब्लड डोनर्स एसोसिएसन अफ अमेरिकाको दोस्रो राष्ट्रिय सम्मेलन मे मा

एकदेव शर्मा, क्यालिफोर्निया २०७४ चैत ३ गते ६:४६ मा प्रकाशित

बि ए लाइफ सेभर, बि अ ब्लड डोनर  (Be a Life Saver, Be a Blood Donor) भन्ने मूल नाराका साथ ब्लड डोनर्स एसोसिएसन अफ अमेरिकाको दोस्रो राष्ट्रिय सम्मेलन यही आउँदो मे २५ र २६ गते जर्जिया राज्यको एटलान्टा सहरमा सम्पन्न हुन गैरहेको जानकारी गराएको छ । उक्त सम्मेलनमा विभिन्न देशका रक्तदाताको सहभागिता रहनेछ भने विदेशी अतिथिका रूपमा ईन्टरनेशनल फेडेरेसन अफ ब्लड डोनर्सका अध्यक्षको समेत उपस्थित हुने सम्भावना रहेको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसँगको सहकार्यमा सम्मेलनको सम्मेलनको पहिलो दिन मे २५ तारिखका दिन “अन्तर्राष्ट्रिय कविता वाचन” प्रतियोगिता सम्पन्न हुने र उत्कृष्ट प्रथम, द्वितीय र तृतीय प्रतियोगीले क्रमशः $४००, $२००, $१०० डलर प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट कविताहरू सम्मेलनको स्मारिकामा प्रकाशन हुनेछ ।

बीडिएले अमेरिकामा स्वयमसेवी रक्तदानमा महत्त्वपूर्ण योगदान पु-याउदै आएको छ, र विशेष गरी नेपाली समुदायको उल्लेखेनीय भूमिका रहँदै आएको छ ।

हाल अमेरिकाका २८ वटा राज्यमा फैलिएको ब्लड डोनर्स अमेरिकालाई बिस्तार गर्दै सबै राज्यमा बिस्तार गर्ने गरी कार्य भइ रहेको जानकारी संस्थाका वर्तमान अध्यक्षमा डा. नन्द रेग्मी दिनुभएको छ, जसको स्वयंसेवी रक्तदान अभियानमा उलॆखेनीय भूमिका रहेको छ । यो सम्मेलनलाई सफलतापूर्बक सम्पन्न गर्नकालागी सम्मेलनको आयोजक समितिमा भविन्द्र बस्नेत संयोजक र सतिश गुप्ता सचिवमा मनोनय हुनुभएको छ । यस सम्मेलनले आगामी वर्ष २ वर्ष (२०१८–२०२०) को लागि नयाँ कार्य समितिको चयन गर्ने छ ।

अमेरिकामा रहेका नेपालीहरूबिच रक्तदानको बारेमा उत्प्रेरणा जगाउने जनचेतना शिक्षा अभियान सञ्चालन तथा नियमित रक्तदान कार्यक्रम सँचालनगरी नेपाली समुदायलाई अमेरिकी मूलधारामा समाहित गराउने कार्यमा बि डी ए अमेरिकाले प्रशंसनीय भूमिका निर्वाह गर्दै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू