अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१७ | Colorodo: 07:32

लिम्बूवान राजा हिलिहाङ योङहाङको पूर्ण कदको दुईवटा शालिक निर्माण

बिआरटीनेपाल २०७४ चैत ३ गते ३:५९ मा प्रकाशित

तत्कालीन लिम्बूवान राज्यका राजा हिलिहाङ योङहाङको पूर्ण कदको दुईवटा शालिक निर्माण गरिएको छ । सात फिट अग्लो शालिक पित्तलको धातुबाट निर्मित छन् । हिलिहाङ फाउण्डेसनको अग्रसरतामा निर्माण भएका दुईवटै शालिक पाँचथरको हिलिहाङ गाउँपालिका–४, र याङवरक गाउँपालिका–६, को संगमस्थलमा अवस्थित तत्कालीन हिलिहाङ राजाको दरबार क्षेत्रमा राखिने फाउण्डेसनका अध्यक्ष हर्कबहादुर योङहाङले बताउनुभयो ।

दुईवटा शालिकमध्ये एउटा दरबारक्षेत्र प्रवेशद्वार र अर्काे दरबार क्षेत्र परिसरभित्र राखिने बताइएको छ । रु १५ लाखको लागतमा निर्मित दुईवटै शालिक काठमाडौँमा निर्माण गरिएको अध्यक्ष योङहाङले बताउनुभयो ।

शालिक हिलिहाङ दरबार क्षेत्रमा पु¥याइसकिएको छ । दुईवटा शालिकमध्ये एउटा याङवरक–६ मा जन्मेर अहिले बिर्तामोडका बासिन्दा धनराज योङहाङले निर्माण गरिदिनुभएको हो भने अर्काे विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।

दुईवटा गाउँपालिकाको संगमस्थलमा अग्लो थुम्कीमा अवस्थित हिलिहाङ दरबारक्षेत्र धार्मिक तथा ऐतिहासिक रुपमा महत्वपूर्ण क्षेत्र मानिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू