अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४७ | Colorodo: 20:02

सञ्चारमा रोजगारी सिर्जना गर्ने व्यवस्था गर्नुपर्छ – सञ्चार राज्यमन्त्री बाँस्कोटा

बिआरटीनेपाल २०७४ चैत ३ गते ३:४७ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चारमा रोजगारी सिर्जना गर्ने खालको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ ।  आज काभ्रेपलाञ्चोकको बनेपामा प्रेस चौतारी नेपाल काभ्रे जिल्ला शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले सञ्चारको क्रान्तिले मानवजीवन सहज बनाएको उल्लेख गर्नुभयो ।

उहाँले आर्थिक र सांस्कृतिकलगायत दुनियाँलाई नै एकै ठाउँमा ल्याइपु¥याएको सञ्चार क्षेत्रको उलपब्धिलाई देशको समृद्धितर्फ बदल्नुपर्ने बताउँदै सूचना ज्ञान, शक्ति र सामथ्र्य मात्रै भएकाले यसलाई विध्वंशको माध्यम नबनाउन सञ्चार जगतलाई आग्रह गर्नुभयो ।

राज्यमन्त्री बाँस्कोटाले पत्रकारितामा भएको समस्यालाई समाधान गर्न सरोकारवाला निकाय राज्यका विभिन्न वैधानिक निकाय, नेपाल पत्रकार महासंघ, सञ्चारविज्ञ र विभिन्न संघ\संस्थासँग समन्वय गरेर काम गर्ने बताउनुभयो ।

उहाँले सरकारी क्षेत्रमा काम गर्ने सञ्चारकर्मी र निजी सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीबीचको पारिश्रमिकको विषयमा उठेको मुद्दालाई समाधान गरी नेपाली प्रेसलाई मर्यादित बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबीच सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बाँस्कोटालाई नेकपा (एमाले) काभ्रे जिल्ला कमिटीले राज्यमन्त्री हुनुभएकामा स्वागत तथा बधाई कार्यक्रम गरेको छ । सो कार्यक्रममा बोल्दै उहाँले अहिलेको वाम गठबन्धनको सरकारलाई गफ गर्ने समय नभएकाले काम गरेर देखाउने बताउनुभयो । उहाँले निर्वाचनका बेला गरेका संकल्पित योजनालाई पाँच वर्षभित्रमा गरेर देखाउनुपर्ने भएकाले त्यसतर्फ सबैले ध्यान दिनुपर्ने र सरकारलाई पनि काम गर्ने वातावरण बनाइ दिएर सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू