अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 23:07

कोलोराडोमा भोलि एन आर एन अन्तर्कृया र परिचयत्मक कार्यक्रम

बिआरटीनेपाल २०७४ चैत २ गते १०:१७ मा प्रकाशित

एनआरएन कोलोराडो च्याप्टर र एनआरएन हेल्प डेक्सको संयुक्त आयोजनामा १०९ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बृहत् अन्तर्कृया तथा परिचयात्मक कार्यक्रम रहेको छ । भोलि बिहान कोलोराडो समय अनुसार ११ बजेबाट दिउँसो ३:०० सम्म ब्रुमफिल्ड स्थित मिनी इन्डिया रेस्टुरेन्टमा हुनेछ ।

एनआरएन अमेरिकाका केन्द्रीय अध्यक्ष डा. केशव पौडेलको प्रमुख आतिथ्यमा हुने यो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष सुनिल शाह, एनआर एन हेल्प डेस्क संयोजक तथा एन आर एन उपाध्यक्ष उमा कार्की थापा, महिला संयोजक इन्दिरा त्रिपाठी पनि सहभागी हुनु हुनेछ । एनआरएन आईसिसी क्षेत्रीय संयोजक गौरीराज जोशीको पनि सहभागी हुने भनिएकोमा व्यस्तताका कारण उहाँ सहभागी नहुने जानकारी महासचिव पन्तले गराएका छन् ।

च्याप्टर महासचिव पन्तले बिआरटी नेपाललाई दिएको जानकारी अनुसार ठिक ११ बजे लन्चबाट कार्यक्रम सुरु हुनेछ । लन्च पछी विभिन्न वक्ताहरूको मन्तव्य, अनी अन्तमा अन्तर्कृया (प्रश्न-उत्तर) कार्यक्रम हुनेछ ।

 

कार्यक्रम हुने ठेगाना:
Mini India Restaurant
6590 W 120th Ave
Broomfield, CO 80020

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू