अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०० | Colorodo: 13:15

अमेरिकाको फ्लोरिडामा आकासे पुल भत्किँदा ६ को मृत्यु (भिडियो सहित)

बिआरटीनेपाल २०७४ चैत २ गते ९:३३ मा प्रकाशित

फ्लोरिडा, अमेरिकाको फ्लोरिडा राज्यको मायामी सहरमा पैदल यात्रुका लागि बनाइएको एउटा आकासे पुल भत्किँएको छ भने जसबाट कम्तीमा छ जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ ।

“ गत शनिवार मात्र निर्माण सम्पन्न भएको उक्त आकासेपुल औपचारिक प्रयोगका लागि खुला भएको थिएन । पुल भत्किँदा घटनास्थलमा नै चार जनाको मृत्यु भएकोे छ भने अन्य दुईको उपचारका क्रममा निधन भएको छ,” मायामीका प्रहरी प्रवक्ता अल्वारो जावेलेटाले सञ्चारकर्मीसँग बताए ।

फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटी नजिकै अवस्थित उक्त पुलको भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी कार्यमा उद्धारकर्ताहरु खटिइरहेका छन् । आपत्कालीन उद्धारकर्ताहरूले भग्नावशेषमा पुरिएका कारहरूमा फसेका मानिसहरूलाई बाहिर निकालिरहेका बताइएको छ । 

प्रत्यक्षदर्शीहरूले घटनास्थलमा चारैतिर धुलोको मुस्लो उडेको देखेको र कारहरूबाट मानिसहरू चिच्याइरहेको आवाज सुनेको जानकारी दिएका छन् । स्थानीय समय अनुसार अपरान्ह दुई बजे भन्दा केही अघि मात्र उक्त ९५० टनको आकाशे पुल भत्किएर तलको सडकमा खसेको थियो । उक्त घटनामा घाइते बनेका १० जनाको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू